कीवर्डहरू -

गूगल प्ले स्टोरमा पुनः देखियो जोकर भाइरस, आफ्नो फोनमा भए तुरून्तै डिलिट गर्नुहोस् यी १६ एप

गूगल प्ले स्टोरमा पुनः देखियो जोकर भाइरस, आफ्नो फोनमा भए तुरून्तै डिलिट गर्नुहोस् यी १६ एप

गूगल प्ले स्टोरमा जोकर भाइरस पुनः देखिएको छ । साइबर सुरक्षा कम्पनी जेडस्केलरले १६ एपमा जोकर मालवेयर देखिएको जानकारी बाहिर ल्याएको हो ।

यसअघि पनि पटक पटक गूगल प्ले स्टोरमा जोकर भाइरस देखिएको थियो । त्यसपछि गूगलले प्लेस्टोरमा उक्त भाइरस भएका एपलाई प्रतिबन्ध लगाउँदै आएको थियो ।

जोकर मालवेयरले प्रयोगकर्ताको डेटा चोरी गर्ने गर्छ । जोकर भाइरसले एसएमएस, कन्ट्याक्ट लिष्ट, डिभाइसको विवरण, ओटिपी जस्ता डेटा चोर्न सक्छ ।

जोकर भाइरस देखिएका १६ वटा एप गूगलले प्ले स्टोरले हटाएको छ । गूगलले प्ले स्टोरमा हटाएपनि तपाईको मोबाइल अझै इन्स्टल भएको हुनसक्छ । यदी तपाईको मोबाइलमा पनि जोकर भाइरस भएका यी एप इन्टस्टल छन् भने तुरून्तै डिलिट गर्नुहोस् ।

यस्ता छन् जोकर भाइरस देखिएका १६ एप

  • Private SMS
  • Hummingbird PDF Converter – Photo to PDF
  • Style Photo Collage
  • Talent Photo Editor – Blur focus
  • Paper Doc Scanner
  • All Good PDF Scanner
  • Care, Message
  • Part Message
  • Blue Scanner
  • Direct Messenger
  • One Sentence Translator-Multifunctional Translator
  • Mint Leaf Message-Your Private Message
  • Unique Keyboard – Fancy Fonts & Free Emoticons
  • Tangram App Lock
  • Desire Translate
  • Meticulous Scanner