कीवर्डहरू -

सरकारले शैक्षिक सामग्री र पाठयक्रम विद्युतीय माध्यमबाट प्रदेशका विद्यालयमा उपलब्ध गराउने

सरकारले शैक्षिक सामग्री र पाठयक्रम विद्युतीय माध्यमबाट प्रदेशका विद्यालयमा उपलब्ध गराउने

सरकारले शैक्षिक सामग्री र पाठयक्रम विद्युतीय माध्यमबाट प्रदेशका सार्वजनिक विद्यालयमा उपलब्ध गराउने भएको छ । शुक्रबार अर्थ मन्त्री जनार्दन शर्माले बजेटको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

सक्षम जनशक्ति उत्पादन गर्न प्रविधिमा पहुँच अभिवृद्धि गर्दै शिक्षाको गुणस्तर सुधार गर्न प्रत्यके प्रदेशमा कम्तिमा एउटा शैक्षिक उत्कृष्टता केन्द्र स्थापना गरिने मन्त्री शर्माले बताए ।

उनले अगाडि भने, ‘यसले गुणस्तरीय शैक्षिक सामग्री र पाठ्यक्रम समेत उत्पादन गरी विद्युतीय माध्यमद्वारा प्रदेश भरिका सार्वजनिक विद्यालयहरूमा उपलब्ध गराउने प्रबन्ध गरेको छु ।’