कीवर्डहरू -

चारवटै रियर क्यामेरामा अप्टिकल स्टाबिलाइजेसन फिचर भएको विश्वको पहिलो फोन

चारवटै रियर क्यामेरामा अप्टिकल स्टाबिलाइजेसन फिचर भएको विश्वको पहिलो फोन

भिभोको एक्स ७० प्रो प्लसले चारवटै रियर क्यामेरामा अप्टिकल स्टाबिलाईजेसन फिचर रहेको छ । चारवटै रियर क्यामेरामा अप्टिकल स्टाबिलाईजेसनको फिचर रहेको यो विश्वकै पहिलो फोन हो ।

प्रमुख क्यामेरामा एसएलआर ग्रेडको ट्रान्समिटेन्स ग्लास लेन्स प्रयोग गरिएको छ । भिभोको एक्स ७० प्रो प्लसमा ४८ मेगापिक्सेलको अल्ट्रा वाईड क्यामेरा पनि रहेको छ । प्रमुख क्यामेरा ५० मेगापिक्सेलको रहेको छ , पोट्रेट क्यामेरा १२ मेगापिक्सेलको र पेरिस्कोपिक क्यामेरा ८ मेगापिक्सेलको रहेको छ ।

प्रमुख क्यामेराले एटके रिजोल्युसनमा भिडियो खिच्ने गर्दछ । भिभोको एक्स ७० प्रो प्लसमा नवाइज रिडक्सनका लागि आफ्नै भि वान एआई ईमेजिङ चिप प्रयोग गरिएको छ ।

यसमा घरको सामग्री नियन्त्रण गर्नका लागि पनि फिचर राखिएको छ । यस फोनमा ४५०० एमएएचको ब्याट्री रहेको छ । स्क्रीन भने ६.७८ इन्चको रहेको छ ।