कीवर्डहरू -

के तपाई फिटनेशमा रूची राख्नुहुन्छ ? यी हुन् निःशुल्क फिटनेश शेयरिङ एप

के तपाई फिटनेशमा रूची राख्नुहुन्छ ? यी हुन् निःशुल्क फिटनेश शेयरिङ एप

कोभिड महामारीले मान्छेलाई स्वास्थ्य कति महत्वपूर्ण पक्ष हो भनेर त देखाइनै सकेको छ । मानिसहरूले आफ्नो फिटनेसमा धेरै ध्यान दिन थालेका छन् ।

के तपाईलाई निःशुल्क फिटनेस ट्रयाकिङ मोबाइल एपको आवश्यक छ ? आज हामी तपाईलाई आईफोन र एन्ड्रोईमा उपलब्ध निःशुल्क फिटनेस एपहरुको बारेमा जानकारी दिदैछौं ।

माई फिटनेस पाल

माई फिटनेस पाल चर्चित एप हो । यसले प्रयोगकर्ताको फिटनेस लक्ष्य नपुगुन्जेल क्यालोरी र क्रियाकलाप ट्रयाक गर्न दिन्छ । यसमा तपाईले अरु प्रयोगकर्ताहरुसँग अन्तरक्रिया पनि गर्न सक्नुहुन्छ र आफ्नो निजी विवरण दिएर लक्ष्य पनि राख्न सक्नुहुन्छ ।

त्यस्तै दैनिक ट्रयाकिङका लागि ३० लाख भन्दा बढी खानेकुराको चार्ट लाईब्ररीमा राखिएको हुन्छ । माई फिटनेस पाल वेब, आईओएस र एन्ड्रोइडमा उपलब्ध रहेको छ ।

फिटोक्रेसी

फिटोक्रेसी स्वस्थताका लागि एक सम्पूर्ण सामाजिक नेटवर्क हो जुन तपाईको दैनिक वर्कआउट ट्रयाकर र प्रशिक्षकको रुपमा काम गर्ने गर्दछ । यसमा शक्ति बढाउन, कार्डियो र आब प्रशिक्षणका लागि ९०० भन्दा बढि कसरतहरु रहेका छन् ।

यसले तपाईलाई तपाईको स्वस्थताको यात्रामा प्रोत्साहन गर्नलाई पनि मद्दत पुर्‍याउँछ । यसमा प्रयोगकर्ताहरुले विभिन्न चुनौतीहरुमा पनि सामेल हुन सक्दछन् । यो पनि एप वेब, आईओएस र एन्ड्रोइडमा उपलब्ध रहेको छ ।

फुडुकेट

अर्काे पटक सामान खरीद गर्न जाँदा पक्कै पनि फुडुकेट एप प्रयोग गर्नुहोला । यो एपले तपाईको डिभाइस क्यामेरा प्रयोग गरेर खानेकुराको बारकोड स्क्यान गर्न दिने गर्दछ । बारकोडमा रहेको उत्पादनको सामाग्री र पोषण मापनको आधारमा खानेकुरालाई ग्रेड गर्ने गर्दछ ।

उदाहरणका लागि कुनै पाउरोटीमा मैदा प्रयोग गरिएको कारणले सि माइनस भनेर ग्रेड आउन सक्छ र अर्काे गहुँको पिठो प्रयोग गरिएको पाउरोटीमा ए माइनस भनेर ग्रेड आउन सक्छ ।

तपाईले एपमा खानेकुरालाई नाम र विधाको आधारमा पनि खोज्न सक्नुहुनेछ । यो एप पनि वेब, आईओएस र एन्ड्रोइडमा उपलब्ध रहेको छ ।

फिटबिट

तपाईसँग फिटबिटको कुनै ट्रयाकर ग्याजेट छ भने त्यसको मोबाइल एप पनि डाउनलोड गर्नुहोला । क्रियाकलाप ट्रयाक गर्नसँगै तपाईले आफ्नो दैनिक क्यालोरी लक्ष्य पनि सेट गर्न सक्नुहुनेछ जुन तपाईको खानेकुरा लग इन गरेपछि स्वायत्त रुपमा परिवर्तन हुने गर्दछ ।

यसमा खानेकुरा, पानी, वर्कआउट र अरु थप क्रियाकलाप अफलाइन हुँदा पनि लग इन गर्न सकिन्छ । डेटाबेसमा स्टोर गरिएको खानेकुरा र क्रियाकलापबाट छान्नुपर्छ वा आफ्नै कस्टम एन्ट्री हाल्न पनि सकिन्छ । यो एप वेब, आईओएस र एन्ड्रोइडमा उपलब्ध रहेको छ ।

रन किपर

यदि तपाईलाई दौडन मनपर्छ भने रन किपर एपले तपाईले कति दौडिनुभयो भनेर ट्रयाक गर्ने गर्दछ । एपले सम्पूर्ण प्लान पनि तयार पारिदिने गर्दछ । महङ्गो जिपिएस घडी जस्तै रन किपरले निःशुल्क ती  सुविधाहरु दिने गर्दछ ।

यसमा जिपिएस ट्रयाकिङ, वाईफाई बडी स्केल, मुटुको दर ट्रयाक गर्ने जस्तो सुविधा दिने गर्दछ । यो एप आईओएस र एन्ड्रोइडमा उपलब्ध रहेको छ ।

नाईकी ट्रेनिङ क्लब

नाईकी ट्रेनिङ क्लबले तपाईका लागि पर्सनालाइज्ड वर्कआउट बनाउने गर्दछ । यसमा फोटो, भिडियो र प्रिन्ट इन्स्ट्रक्सनको संयोजन प्रयोग गरेर कसरतको प्रशिक्षण दिइने गरिन्छ ।

यो एपमा वर्कआउट लक्ष्य छान्नुपर्छ र आफूलाई मनपर्ने वर्कआउट छान्न सकिन्छ । तपाईले वर्कआउट गर्दै जाँदा कोइन पाउनुहुन्छ जसले गर्दा अरु प्रशिक्षणहरु खुल्ने गर्दछ ।

लुज इट

तपाईलाई वेबमा आधारित फिटनेस कम्युनिटी चाहिन्छ भने लुज इट तपाईका लागि राम्रो छनौट हुनेछ । यसमा तपाईले ग्रुप जोइन गर्न पाउनुहुनेछ, साथीहरुलाई एड गर्न सक्नुहुनेछ, अरुको प्रोफाइलमा कमेन्ट गर्न सक्नुहुनेछ र इभेन्टहरुमा सहभागीहरु हुन सक्नु हुन्छ ।

लुज इट क्यालोरी ट्रयाकिङ एप हो । यसले तपाईको दैनिक क्यालोरी मापन गर्न दिन्छ । यो एप वेब, आईओएस र एन्ड्रोइडमा उपलब्ध रहेको छ ।