कीवर्डहरू -

वार्षिक १० हजार रूपैयाँमा डिशहोमको २५ एमबीपीएस इन्टरनेट, जडान निःशुल्क 

वार्षिक १० हजार रूपैयाँमा डिशहोमको २५ एमबीपीएस इन्टरनेट, जडान निःशुल्क 

डिशहोमले अब अब वार्षिक १० हजार रूपैयाँमा २५ एमबीपीएसको इन्टरनेट पनि उपलब्ध गराउने भएको छ । कम्पनीले दामी अफर अन्तर्गत यस्तो योजना ल्याएको हो ।

यस अफर अन्तर्गत डिशहोमले वार्षिक ११ हजार ५०० रूपैयाँमा ३० एमबीपीएसको इन्टरनेट पनि उपलब्ध गराउने जनाएको छ । दामी अफर अन्तर्गत इन्टरनेट जडान निःशुल्क हुने छ ।

पछिल्लो समय डिशहोमले देशका प्रमुख शहरहरूमा आक्रमक रूपमा इन्टरनेट विस्तार गरिरहेको छ । डिशहोम फाइबरनेटले १० एमबीपीएसदेखि १०० एमबीपीएस गतिसम्मको इन्टरनेट उपलब्ध गराउँदै आएको छ ।

हालसम्म डिशहोम फाइबर नेटको सेवा काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, इनरुवा, इटहरी, बर्दिवास, बुटवल, धरान, पोखरा, काभ्रे, ढल्केबर, जनकपुर र विराटनगरमा डिशहोम फाइबर नेटको सेवा पुगिसकेको छ ।