कीवर्डहरू -

आईफोन १३ सार्वजनिक, यस्ता छन् फिचर 

आईफोन १३ सार्वजनिक, यस्ता छन् फिचर 

आईफोन १३ सार्वजनिक भएको छ । एप्पलले मंगलबार साँझ आयोजना गरेको इभेन्टबाट आईफोन १३ सार्वजनिक गरेको हो ।

आईफोन १३ आईफोन १२ सँगैनै एकदमै मिल्दोजुल्दो देखिएको छ । यसमा ठूलो ब्याट्री पनि रहेको छ । फेस आईडीका लागि रहेको क्यामेरा नच भने पहिलेको भन्दा २० प्रतिशतले सानो रहेको पाइएको छ । पछाडिको क्यामेरा मोड्युल पनि रिडिजाइन गरिएको छ ।

एप्पलले आईफोन १३ मिनी पनि ल्याएको छ र दुवै फोनमा २८ प्रतिशत उज्यालो स्क्रीन रहेको छ । आईफोन १३ मिनीका प्रयोगकर्ताले आईफोन १३ भन्दा १.५ घण्टा बढी प्रयोग गर्न पाउनेछन् । आईफोन १३ भने आईफोन १२ भन्दा २.५ घण्टा बढि चल्नेछ ।

आईफोन १३ मा ६.१ इन्चको स्क्रीन रहेको छ र आईफोन १३ मिनीमा ५.४ इन्चको स्क्रीन रहेको छ  । आईफोन १३ मा एप्पलले पहिलो पटक डुअल ईसिम पनि सपोर्ट गर्ने भएको छ ।

यो भनेको तपाईले भौतिक सिम प्रयोग नगरेरै मल्टि लाइन सपोर्ट प्रयोग गर्न पाउनुहुनेछ । सिमकार्ड प्रयोग गर्न चाहनेहरुका लागि न्यानो सिम कार्ड सपोर्ट भने उपलब्धनै रहेको छ । डुअल ईसिमसँगै न्यानो सिम कार्ड प्रयोग गर्न पाइन्छ की पाईदैन् भन्ने बारे एप्पलले केही बताएको छैन् ।

डिभाइसमा कम्पनीको ए १५ बायोनिक चिप प्रयोग गरिएको छ । यो ५ न्यानो मिटरको चिप हो र अरु प्रतिस्पर्धी भन्दा ५० प्रतिशत छिटो काम गर्ने कम्पनीको दावी रहेको छ ।

चिपमा दुईटा नयाँ हाई परफोरमेन्स कोर, चार ओटा एफीसियन्सी कोर, छिटो चल्ने फोर कोर ग्राफिक प्रोसेसर र छिटो चल्ने न्यूट्रल इन्जिन रहेको छ । एपपलमा नयाँ पाईड क्यामेरा सेन्सर र लेन्स रहेका छन् ।

यो डुअल क्यामेरा प्रणालीमा प्रयोग गरिएको सबै भन्दा ठूलो क्यामेरा सेन्सर रहेको एप्पलले बताएको छ । यसमा पहिलेको फोनभन्दा बढि पिक्सेल रहेको छ । आईफोन १३ मा सेन्सर सिफ्ट अप्टिकल ईमेज स्टाबिलाईजेसन प्रणाली पनि रहेको छ जुन गत साल आईफोन १२ म्याक्सलाई दिईएको थियो ।

एप्पलले आईफोन १३ को ट्रु डेफ्थ क्यामेरालाई पनि रिडिजाइन गरेर सानो बनाएको छ । एप्पलले भिडियो पक्षलाई विशेष ध्यान दिदै सिनेम्याटिक मोड पनि ल्याएको छ । यसले भिडियो खिच्दा अझै स्थीरता प्रदान गर्ने गर्दछ । दुवै फोन १२८ जिबी स्टोरेजका साथ उपलब्ध हुनेछन् ।

यो कालो, सिल्भर, रातो, निलो र पिकं रङ्गमा उपलब्ध रहेको छ ।  आईफोन १३ को मूल्य ७९९ डलर तोकिएको छ भने आईफोन १३ मिनी को मूल्य ६९९ डलर तोकिएको छ । यो सेपटेम्बर २४ देखि विक्रीका लागि उपलब्ध हुनेछ ।