कीवर्डहरू -

मेसिन लर्निङ तथा डेटा साइन्स सम्बन्धि ५ दिने वर्कशप शुरू

मेसिन लर्निङ तथा डेटा साइन्स सम्बन्धि ५ दिने वर्कशप शुरू

बुधबारदेखि मेसिन लर्निङ र डेटा साइन्समा चौंथो राष्ट्रिय वर्कशप शुरू भएको छ । मेसिन लर्निङ एण्ड डेटा साइन्स नेटवर्क र माउन्टटेक सोलुसन प्रालिको सहकार्यमा मेसिन लर्निङ र डेटा साइन्स सम्बन्धि भर्चुअल वर्कशप आजदेखि शुरू भएको हो ।

आगामी असोज ३ गतेसम्म वर्कशप सञ्चालन हुनेछ । मेसिन लर्निङ र डेटा साइन्स सम्बन्धि राष्ट्रिय वर्कशप सन् २०१८ बाट शुरू भएको थियो । बुधबारदेखि सञ्चालन चौथो संस्करणको वर्कशप हो । यस वर्कशपमा २ सय भन्दा बढीले रजिष्ट्रेसन गरेका छन् ।

५ दिन सम्म सञ्चालन हुने यस कार्यक्रममा देश तथा विदेशका  विशेषज्ञहरूले वर्कशपमा तालिम दिनेछन् ।

कार्यक्रमको कीनोट स्पीकरको रूपमा अमेरिकाको हावर्ड विश्वविद्यालयका प्रा.डा. डण्ड रावत, काठमाडौं विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङका डीन प्रा.डा. मनिष पोखरेल, फ्युजमेसिन्सका संस्थापक डा. समिर मास्के र इन्जिनियरिङ अध्ययन संस्थानका डीन डा. शशीधर राम जोशीले उपस्थिति रहने छ ।

त्यस्तै गेष्ट स्पीकरको रूपमा सीक्यु विश्वविद्यालयका पोष्ट डक्टरल रिसर्च फेलो डा. आनन्द कोइराला, जेनेस सोलुसनका ग्लोबल सीटीओ अञ्जनी फुँयाल, एप्पलकी सिनियर सर्च रिलिभेन्स डा. अर्चना भट्टराई, ट्रिलिफ टेक्नोलोजिज प्रालिका सह-संस्थापक अशोक कुमार पन्त, काठमाडौं विश्वविद्यालयको कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङ विभागका प्रमुख डा. बाल कृष्ण बलको उपस्थिति हुने आयोजकले जनाएको छ ।

त्यस्तै डा. दोभान राई, डा. झनक पराजुली, इ. ज्ञानेश्वर बोहरा, डा. मनिष थापा, डा. मनोज कार्की, डा. विशेष खनाल, विशाल लामिछाने, डा. भोगेन्द्र मिश्र लगायतको सहभागीता हुने छ ।

यस वर्कशपमा मेसिन लर्निङ, डेटा साइन्स, ट्रान्सफर लर्निङ, क्वान्टम एआई, फोरकाष्टिङ, क्लाउड कम्प्युटिङ लगायतका विषयको बारेमा जानकारी पाइने छ । साथै अन्त्यमा प्रोजेक्ट वर्क समेत हुनेछ ।

कार्यक्रम हरेक दिन  बिहान ७ बजे  देखि  बेलुका ६ बजेसम्म संचालन  हुनेछ । यसमा सहभागी हुनेले प्रमाणपत्र पनि प्राप्त गर्नेछन् ।

यस वर्कशपमा शैक्षिक सहयोगीको रूपमा काठमाडौँ विश्वविद्यालय, त्रिभुवन  विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ  र  नेपाल  खुला विश्वविद्यालय, सीएसआईटी एशोसिएसन अफ नेपाल, नामी रहेका छन् ।

त्यस्तै प्रायोजकको रूपमा फ्युजमेसिन्स नेपाल, ट्रिलिफ, पास्कल कलेज, एक्सटेन्सो डेटा, आदिम कलेज रहेका छन् । त्यस्तै पोर्टनरको जेनेस सोलुसन र दियो डटएआई रहेका छन् भने मिडिया पार्टनरमा आइसिटी समाचार रहेको छ ।