कीवर्डहरू -

६०० चिनियाँ ब्राण्डमाथि अमेजनको प्रतिबन्ध

६०० चिनियाँ ब्राण्डमाथि अमेजनको प्रतिबन्ध

अमेजनले ठगी कम गर्न ६०० चिनियाँ ब्राण्डहरुलाई प्रतिबन्ध लगाएको छ । यसमा करिब ३ हजार विक्री अकाउन्टहरु समावेश गरिएको छ । अमेजनले द भर्जसँग कुरा गर्दै यसको जानकारी दिएको हो ।

अमेजनका अनुसार यी ब्राण्डहरुले पटकपटक जानीबुझी प्रतिबन्ध नीति समीक्षाको उल्ल्घंन गरिरहेकाले अमेजनले ती कम्पनीहरुलाई प्रतिबन्ध लगाएको हो । अनलाइन खुद्रा पसलले भिपी सिन्डी टाईसँग चीनको केन्द्रिय टेलिभिजनमा अन्तरवार्ता गरेर पनि नियमको उल्ल्घंन गरेको जनाइएको छ ।

अमेजनले पाँच महिना पहिले देखिनै विस्तारै ब्राण्डहरुलाई प्रतिबन्ध लगाउन थालेको थियो तर अमेजनले अके र एमपाउलाई प्रतिबन्ध लगाएपछि यो काममा अरु मान्छेहरुको ध्यान केन्द्रित भएको हो ।

अके र एमपाउ जस्ता विक्रेताहरुले रिभ्यू लेख्नेहरुलाई पुररुकार, गिफ्ट कार्ड पनि प्रदान गर्ने गरेको पाईएको थियो । यही कुराका लागि अमेजनले आरएभी पावर, भाभा जस्ता कम्पनीलाई पनि प्रतिबन्ध लगाएको छ ।