कीवर्डहरू -

जीमेलमा सेड्युल फिचर प्रयोग गरेर अरूलाई यसरी पठाउनुहोस् इमेल

जीमेलमा सेड्युल फिचर प्रयोग गरेर अरूलाई यसरी पठाउनुहोस् इमेल

आफूले राती मात्रै काम सकाएकाले कहिलेकाही ईमेल ढिलो पठाउनुपर्ने हुन्छ । यसले ईमेल प्रापकलाई बिना मतलब डिस्टर्ब गर्न पनि सक्छ ।

आफू बाहिर गएको समयमा पनि इमेल पठाउदा जीमेल सेड्युल फिचर प्रयोग गर्न सकिन्छ । सेड्युल फिचर प्रयोग गरेर आफुले चाहेको समयमा अरूलाई इमेल पठाउन सकिन्छ ।

कम्प्युटरबाट

यसका लागि सर्वप्रथम जिमेल खोल्नुपर्छ र बायाँ भागमा रहेको कम्पोज बटनमा थिच्नुपर्ने हुन्छ । यसपछि सेण्ड बटनको छेउमा रहेको अप एरोमा कर्सर लानुपर्छ । त्यहाँ गएर सेड्युल सेण्ड भन्ने अप्सनमा क्लिक गर्नुपर्छ ।

अब तपाईले ईमेल पठाउनुपर्ने समय र मिति छनौट गर्नुपर्ने हुन्छ जसले गर्दा तपाईले चाहेको समयमा मेल जाने गर्दछ ।  तपाईले समय र मिति छनौट गर्ने बित्तिकै ईमेल सेड्युल हुने गर्दछ ।

जीमेल एप

यसका लागि सर्वप्रथम ईमेल कम्पोज गर्नुपर्ने हुन्छ । त्यसपछि तीन ओटा थोप्ला भएको आईकनमा क्लिक गरेर सेड्युल सेण्ड भन्ने अप्सनमा क्लिक गर्नुपर्छ ।

अब तपाईले ईमेल पठाउनुपर्ने समय र मिति छनौट गर्नुपर्ने हुन्छ जसले गर्दा तपाईले चाहेको समयमा मेल जाने गर्दछ । यसमा पनि तपाईले समय र मिति छनौट गर्ने बित्तिकै ईमेल सेड्युल हुने गर्दछ ।