कीवर्डहरू -

चीनमा बालबालिकाले अब दैनिक ४० मिनेट मात्रै टिकटक चलाउन पाउने

चीनमा बालबालिकाले अब दैनिक ४० मिनेट मात्रै टिकटक चलाउन पाउने

चिनियाँ बालबालिकाले अब प्रतिदिन ४० मिनेट मात्रै टिकटक एप चलाउन पाउने भएका छन् । बाईटडान्सले चिनियाँ बालबालिकाले अब प्रतिदिन ४० मिनेट मात्रै एप चलाउन मिल्ने नियम ल्याएको हो ।

टिकटकको चिनियाँ भर्स डुईनमा १४ वर्ष मुनिका बालबालिका स्वतः रुपमा ‘युथ मोड’ मा जानेछन् र प्रति दिन ४० मिनेट मात्रै एप चलाउन सक्नेछन् ।

यो सँगै कम्पनीले जिआओ सु जिङ (लिटल फन स्टार) नामक नयाँ एप ल्याएको छ, जुन सिमित विषय भएको टिकटकको जस्तै छोटो भिडियो एप हो ।

यसमा पनि ४० मिनेटको समय सिमा हुने गर्दछ तर यो एपममा बालबालिकाहरुले भिडियो लाईक मात्रै गर्न सक्नेछन् अपलोड र सेयर भने गर्न पाउँदैनन् ।

समय सिमासँगै चिनियाँ बालबालिकाले डुईन एप रातिको १० बजेदेखि बिहानको ६ बजेसम्म प्रयोग गर्न पाउँदैनन् । यो फिचर वास्तनिक नाम र उमेर दिएको प्रयोगकर्ताका लागि मात्रै लागु हुने गर्दछ ।

त्यस कारणले डुईनले अभिभावकलाई बालबालिकाको वास्तविक नाम र उमेर रजिस्टर गराउन अनुरोध गरेको छ । बाईटडान्सले डुईनमा विज्ञान, ईतिहास, गणित जस्ता विषयका शैक्षिक सामाग्री पनि थपेको छ ।

जिआओ सु जिङले भने पूर्ण रुपमले शैक्षिक सामाग्री मात्रै प्रदान गर्ने गर्दछ । यो परिवर्तनले धेरै प्रयोगकर्ताले फरक पार्दैन् किनभने साउथ चाईना मर्निङ पोस्टका अनुसार डुईनमा १२ वर्ष मुनिका ०.३४ प्रतिशत मात्रै प्रयोगकर्ता रहेका छन् । त्यस्तै १३ देखि १९ वर्षमा ४.१८ प्रतिशत प्रयोगकर्ता रहेका छन् ।

यो पनि पढ्नुहोस्ः चीनमा अब बालबालिकाले हप्तामा तीन घण्टाभन्दा बढी भिडियो गेम खेल्न नपाउने