कीवर्डहरू -

स्नापच्याटको नयाँ लेन्स र स्टीकरले प्रयोगकर्तालाई आधारभूत साङ्केतिक भाषा सिकाउने

स्नापच्याटको नयाँ लेन्स र स्टीकरले प्रयोगकर्तालाई आधारभूत साङ्केतिक भाषा सिकाउने

स्नापच्याटको नयाँ लेन्स र स्टीकरले प्रयोगकर्ताहरुलाई आधारभूत साङ्केतिक भाषा सिकाउने भएको छ । यो अगमेन्टेड रियालिटी लेन्स र स्टीकर हो । एउटा लेन्सले हरेक शब्दहरु फिगंर स्पेल गर्न सिकाउने गर्दछ ।

यसले कान सुन्न समस्या भएको मान्छेहलाई एकदमै सहयोग पुर्‍याउने मानिएको छ । यो लेन्सले अमेरिकी साङ्केतिक भाषालाई चिन्ने र अनुवाद गर्ने गर्दछ । एआर लेन्सले एआई र कम्प्यूटर भिजन प्रविधि प्रयोग गर्ने गरेको छ ।

यसले प्रेम र मुस्कान जस्ता शब्दहरुको पनि साङ्केतिक भाषा सिकाउँछ । यसले गर्दा धेरै जना मान्छेले एपको पहुँच पाउन सक्छन् भनेर कम्पनीको विचार रहेको छ ।