कीवर्डहरू -

जीमेलको एन्ड्रोईड भर्सनमा ‘सर्च फिल्टर’ सुविधा, अब इमेल खोज्न सहज हुने

जीमेलको एन्ड्रोईड भर्सनमा ‘सर्च फिल्टर’ सुविधा, अब इमेल खोज्न सहज हुने

गुगलले जिमेलको एन्ड्रोईड भर्सनमा नयाँ अपडेट उपलब्ध गराएको छ । यसले गर्दा ईमेल सर्च सजिलो र प्रभावकारी हुने कम्पनीको विश्वास रहेको छ ।

कम्पनीले जिमेलको सर्च अप्सनमा ‘सर्च फिल्टर’ थप गरेर कुनै पनि ईमेल भेटाउन झनै सजिलो बनाएको छ । ‘सर्च फिल्टरलाई सर्च चिप पनि भनिन्छ । यो फिचरमार्फत प्रयोगकर्ताले इमेललाई थुप्रै विधामा विभाजन गर्न सक्नेछन् ।

यसमा डेस्कटप जसरीनै सेण्डर, एट्याचमेन्ट छ की छैन्, ईमेल पठाएको समय अवधि, क्यालेण्डर एट्याचमेन्ट जस्ता विधाहरुबाट आफूलाई चाहिएको ईमेल खोज्न सकिन्छ ।

त्यो हुँदा प्रयोगकर्ताले ईमेलमा खोजेका कुरा सहज रुपमा फेला पर्ने कम्पनीले जनाएको छ । सुरुमा यो फिचर सामसङका मोबाइल तथा ट्याबलेटमा मात्रै उपलब्ध गराइएको छ ।

गुगलले जिमेलमा उपलब्ध गराउन लागेको यो फिचर यसअघि नै सामसङले सूरुमै ईमेल सर्भिस ‘सामसङ ईमेल’मा उपलब्ध गराइसकेको छ । गुगलका अनुसार यो फिचर आइतबारदेखि केही प्रयोगकर्तालाई उपलब्ध भइसकेको छ ।

विस्तारै सामसङका सबै प्रयोगकर्तामाझ उपलब्ध हुनेछ । यो फिचरमा एडमिन कन्ट्रोल रहेको छैन् । यो फिचर विस्तारै अरु एन्ड्रोईड फोनहरुमा पनि उपलब्ध हुनेछ ।