कीवर्डहरू -

स्काईपमा विभिन्न अपडेट, एप चल्ने गति र डिजाइनमा परिवर्तन

स्काईपमा विभिन्न अपडेट, एप चल्ने गति र डिजाइनमा परिवर्तन

स्काईपलाई रंगीन पुनः डिजाईन दिईएको छ । एपमा अरु पनि फिचर तथा अपग्रेडहरु थप्पिएको छ । एपको गति, विश्वसनीयता र डिजाइनमा परिवर्तन गरिएको छ । यसको भिजुअल पक्षमा पनि परिवर्तन गरिएको छ ।

एपले कलमा हुँदा मेन भ्यूमा आफूलाई राख्न मिल्ने फिचर ल्याएको छ । माथिल्लो बारमा ठूलो भिडियो फिड पनि हेर्न सकिन्छ । थिमहरुलाई पहिले भन्दा बढि रंगीन बनाईएको छ । त्यस्तै कल हेर्नलाई पनि विभिन्न स्टेजहरु आएका छन् जसमा स्पीकर भ्यू, ग्रीड भ्यू, ठूलो ग्यालरी र टूगेदर मोड रहेका छन् । स्काईपले मिट नाऊलाई पनि पुनः डिजाइन दिईरहेको छ ।

मिट नाऊले एपनै इन्स्टल नगरिकनै मान्छेहरुलाई कलमा जोइन गर्न दिन्छ । सहभागीहरुले तपाईको कलको नाम र अवतार हेर्न पाउनेछन् । स्काईपले परफोरमेन्सको गतिमा पनि वृद्धि ल्याएको  छ । एन्ड्रोईडमा २ हजार प्रतिशतले परफोमेन्समा प्रगति ल्याईएको छ ।

त्यस्तै डक्युुमेन्ट स्कयान गरेर पठाउनका लागि अफिस लेन्स भन्ने अप्सन पनि जोडिएको छ । एपले ट्वीन क्याम भन्ने फिचर पनि जोडेको छ जसमा विभिन्न मिडिया सामाग्री सहभागीहरुलाई देखाईरहँदा आफ्नो अनुहार पनि देखाउन सकिन्छ ।