कीवर्डहरू -

शाओमीले गर्याे शाओमी ११ लाइट एनई फाइभजी सार्वजनिक 

शाओमीले गर्याे शाओमी ११ लाइट एनई फाइभजी सार्वजनिक 

शाओमी नेपालले सबैभन्दा पातलो र हल्का ‘शाओमी ११ लाइट एनई फाइभजी’को सार्वजनिक गरेको छ । कम्पनीले ११ सिरिजलाई अझै विस्तार गर्ने योजना अनुरुप सबैभन्दा पातलो फोन सार्वजनिक गरेको हो ।

शाओमी ११ लाइट एनई फाइभजीले १२ फाइभजी ब्यान्ड सपोर्टका साथ एक ग्लोबल फाइभजीको अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले प्रिमियम सेग्मेन्टमा यस बर्षको सुरुमा मी लाइटको सार्वजनिक गरेसँगै पहिलो पटक जीवनशैली उन्मुख स्मार्टफोन सार्वजनिक गरेको बताए ।

‘शाओमी ११ लाइट एनई फाइभजी’ फाइभजी भेरियन्टमा सन् २०२१को सबैभन्दा पातलो र हल्का फाइभजी स्मार्टफोन भएको पनि उनले बताए ।