कीवर्डहरू -

गूगल क्रोममा भीपीएन कसरी प्रयोग गर्ने ?

गूगल क्रोममा भीपीएन कसरी प्रयोग गर्ने ?

प्रविधिको विकाससँगै साइबर आक्रमण घटना पनि दिन प्रतिदिन बढ्दै गएका छन् । ह्याकरहरुले दिनहुँ डेटा चोर्न नयाँ नयाँ तरीका निकाली रहेका छन् ।

यस्तो अवस्थामा आफ्नो डेटाको सुरक्षा गर्न एकदमै आवश्यक छ । वेब ब्राउजरबाट समेत कतिपय साइबर आक्रमणका घटना घटिरहेका हुन्छन् । यस्तो समयमा आफ्नो वेब पनि सुरक्षित बनाउनु जरूरी छ ।

वेब सुरक्षित रुपमा सर्फ गर्न मद्दत पु¥याउने एउटा माध्यम हो भीपीएन अर्थात भर्चुअल प्राईभट नेटवर्क । यसले गोपनीयता र डेटा सुरक्षा दिने गर्दछ । यसले डेटा इन्क्रिप्सन गरेर सुरक्षा दिने गर्दछ । आज हामी तपाईलाई गूगल क्रोममा भीपीएन प्रयोग गर्ने बारे जानकारी दिदैछौं ।

यसका लागि सर्वप्रथम गूगल क्रोम खोल्नुपर्छ  । त्यसपछि बुकमार्क बारबाट एप आइकनमा क्लिक गर्नुपर्छ । यसपछि वेब स्टोरमा क्लिक गर्नुपर्छ । यति गरेर वेब स्टोरमा भिपिएन सर्च गर्नुपर्छ । यसपछि आफूलाई मनपरेको भिपिएनलाई डाउनलोड गरेर एड टू क्रोम थिच्नुपर्छ ।

यसपछिको प्रम्पट बक्स आएपछि एड एक्सटेन्सनमा क्लिक गर्नुपर्छ । एक्सटेन्सन बारमा रहेको भिपिएनमा क्लिक गरेर भिपिएन सुरु गर्न सकिन्छ ।