कीवर्डहरू -

रियलमी एट आई आकर्षक मूल्यमा, एक पटकको चार्ज ४० घण्टा  टिक्ने 

रियलमी एट आई आकर्षक मूल्यमा, एक पटकको चार्ज ४० घण्टा  टिक्ने 

रियलमी एट सिरिजले पाइरहेको भारी सफलतामा थप प्रयास हेतु रियलमीले अर्को सफलताको उम्मेदवार, रियलमी एट आई लन्च गरेको छ ।

यसपालि, रियलमी एट आई ले पनि पहिलो पटक झन् किफायती मूल्यमा १२० हर्ज अल्ट्रा स्मुथ अनुभव प्रदान गर्दछ । शक्तिशाली, जि ९६ प्रोसेसर, १२० हर्ज र ७ जिबी र्याम भएको रियलमी एट आई मा १८ वाटको छिटो चार्ज हुने ५००० एमएएचको ब्याट्री रहेको छ ।

उत्कृष्ट प्रदर्शन गर्ने रियलमी एट आईले ९०.८ प्रतिशतको अनुपातमा स्क्रीन टू बडि रहेको छ । त्यो सँगैm६.६ इन्चको फुल स्क्रीनलको मार्फतले प्रयोगकर्ताहरुले राम्रो डिस्प्ले पाउन सक्नेछन् ।

रियलमी एट आई ले ४ जिबी र्यामलाई ७ जिबी र्याममा अपग्रेड गरेको छ । यसमा डाईनामिक र्याम एक्सपान्सनको फिचर पनि रेहको छ जसले र्यामको स्टोरेज बढाउन दिन्छ ।

यो फोन  एक पटक चार्ज गरेपछि तपाईंले आफ्नो साथीहरुसँग ४० घण्टा बिना रुकावट कुरा गर्न सक्नुहुनेछ, १,२०० वटा गीत सुन्न सक्नुहुनेछ अथवा १८ वटा चलचित्र हेर्न सक्नुहुनेछ । रियलमी एट आई को मूल्य४ जिबी र्यामका लागि रु. २३,७९९/- र र ६ जिबी र्यामका लागि रु. २७,१९९/- रहेको छ  ।