मंगलबार, ९ कार्तिक, २०७८
Tuesday, 26 October, 2021

साइकलमा फुड डेलिभरी गर्ने कुमार श्रेष्ठले प्राप्त गरे टिभिएस बाइक

राइड सेयरिङ सेवा पठाओ नेपालले नेपालीहरूको महान चाड बडादशैंको अवसरमा राइडर र सेवाग्राही दुबैलाई लक्षित गरि सन्चालन गरेको 'पठाओ दशैँ महोत्सव'को उपहार हस्तान्तरण गरिएको छ । 

महोत्सवमा साइकलमा फुड डेलिभरी गर्ने कुमार श्रेष्ठले बम्पर उपहार अन्तर्गत टिभिएस अपाचे आरटिआर १६० २भी बाइक प्राप्त गरेका छन् । त्यस्तै पठाओका ३ जना सेवाग्राही बिकास रानामगर, मोनिका सुनुवार र अनिल श्रेष्ठले आईफोन १२ प्रो मोबाइल प्राप्त गरेका छन् ।

असोज १ गते देखि २० सम्म चलेको महोत्सवमा हरेक हप्ता पाँच जना टप राइडर, तीन जना टप क्यापटेन र एक जना टप फुडम्यान साथै ३ हप्ताका बिजेता मध्येबाट एक जनालाई लक्की ड्र गरि बम्पर उपहार प्रदान गरिएको पठाओ नेपालका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले जानकारी दिए ।

कुमार श्रेष्ठ, सुनिल कुमार चौधरी, बिजय राई, विशाल राई, अर्जुन कार्की, निग्मा दोर्जे तामाङ, सागर राई, कृष्ण बहादुर तामाङ, श्रीकृष्ण बहादुर कुँवरले मोबाइल फोन प्राप्त गरेका छन् ।

पासाङ तामाङ, नवराज तामाङ, राजेन्द्र ठकुरी, शान्ति बहादुर लिम्बु, पवन ढुङ्गेल र लोकेश महतोले ३२ इन्चको टिभी प्राप्त गरेका छन् । दिपक घलान, प्रताप बहादुर रायक्षेत्री, सन्जय कुमार, कमल श्रेष्ठ, चन्द्र बहादुर श्रेष्ठ र दावा तामाङले फ्रीज उपहार पाएका छन् । 

कौशल कुमार जोशी, रिन्जी शेर्पा र ग्याल्जेन शेर्पाले मिक्सचर त्यस्तै भिम बहादुर लिम्बू, कृष्ण बहादुर चौधरी र सानू कान्छा वाइबाले भ्याकुम क्लिनर उपहार प्राप्त गरेका छन् ।

'कोभिडले सबैलाई असर गरेको छ । हाम्रो ब्यवसाय पनि त्यसबाट टाढा रहने कुरा भएन। दैनिक कामले गुजारा गर्ने हाम्रा राइडर, क्याप्टेन र फुडम्यान साथीहरुलाई झन असर गरेको छ ।' पठाओ नेपालको मार्केटिङ हेड सुरक्षा हमाल थप्छिन्  'कोभिडको समयमा पनि वहाँहरुले काममा खटेर सेवाग्राहीको दैनिकी सहज बनाउन देखाएको मेहनत र उत्साहलाई सम्बोधन गर्दै दशै महोत्सव आयोजना गरि उपहारहरु हस्तान्तरण गरिएको हो ।

 

 

सम्बन्धित समाचार