कीवर्डहरू -

आइफोन थर्टिनमा प्रयोग भएको ए फिफ्टीन बायोनिक चिप सहित आईफोन एसई थ्री सार्वजनिक हुने 

आइफोन थर्टिनमा प्रयोग भएको ए फिफ्टीन बायोनिक चिप सहित आईफोन एसई थ्री सार्वजनिक हुने 

आईफोन थर्टिनमा प्रयोग भएको चिपसहित आईफोनको सस्तो मोडल आउने भएको छ । एप्पलको आईफोन एसई थ्रीमा आइफोन थर्टिन मै प्रयोग भएको ए फिफ्टीन बायोनिक चिप प्रयोग हुनेछ र यसले फाइभजी समेत सपोर्ट गर्नेछ ।

सानो स्क्रिन र राम्रो फिचरसहित सस्तो मूल्यमा उपलब्ध हुने भएकाले पनि एसई मोडललाई धेरै प्रयोगकर्ताले मनपराउने गर्दछन् । अहिलेसम्म एप्पलले एसईको दुई ओटा मोडल सार्वजनिक गरिसकेको छ ।

एसई थ्री मोडलको डिजाइन पहिले जस्तैनै रहनेछ । आगामी वर्ष सार्वजनिक हुने आईफोन एसईको तेस्रो जेनेरेसनमा पनि ४.७ इन्च स्क्रिनमा आधारित हुने धेरैको अनुमान छ ।