कीवर्डहरू -

कसले गर्यो विश्वमा पहिलो पटक मोबाइल फोनबाट कुराकानी ? यस्तो छ इतिहास

कसले गर्यो विश्वमा पहिलो पटक मोबाइल फोनबाट कुराकानी ? यस्तो छ इतिहास

२१ औं शताब्दिमा बिज्ञानले हामिलाई अनौठो उपकरण दिएको छ,जसको प्रयोग गरि हामि आफ्ना आफन्त साथीभाई कहाँ नगए पनि उनीहरुसँग जुड्न सक्छौँ । हजुर तपाइले सहि सोच्नु भयो,त्यो उपकरण मोबाइल अर्थात् सेलफोन हो । यसको प्रयोगले हामि हाम्रा हजारौ काम आराम सँग घरमा बसी बसी गर्न सक्छौं ।

समयको परिवर्तन सँगै प्रबिधिमा पनि धेरै छिटो परिवर्तन भइरहेको छ । नेपालको सन्दर्भमा कुरा गर्दा अहिलेको समयमा जसरि हरेक व्यक्तिको हात हातमा मोबाइल देख्न सकिन्छ तर आज भन्दा एक दशक भन्दा अघि सायदै यसरि जो कोहि सँग मोबाइल हुन्थ्यो ।

तर अहिले समय बदलिएको छ, टाढा टाढाका आफन्त तथा साथीभाई सँग कुरा गर्नका लागि मानिसहरुले बिभिन्न ब्रान्डका मोबाइल फोनको प्रयोग गर्छन् ।

\"\" पहिले पहिले टाढाका आफन्त अथवा साथीसँग कुराकानी गर्नका लागि चिठ्ठी-पत्र तथा टेलीफोन अर्थात ल्याण्डलाइन फोनको प्रयोग गरिथ्यो । अहिलेको जस्तो मोवाइल फोनहरु बजारमा प्रसस्त पाउने अवस्था थिएन।

टेलिफोन सम्पर्कका लागि शहरमा बिभिन्न स्थानहरुमा टेलिफोन बुथहरु हुन्थे भने गाउँमा भने टेलिफोन भएको घर बिरलै पाइन्थे । गाउँमा यस्तो अवस्थामा एक कल फोन गर्नका लागि घन्टौ लगाएर टेलिफोन भएको घरमा पुगेको अनुभवहरु धेरै सँग अझै पनि ताजै होलान ।

तर प्रबिधिको विकास द्रुत गतिमा भए सँगै मोबाइल निर्माता कम्पनिहरु पनि बढे र अहिले बजारमा धेरै थरिका मोबाइलहरु उपलब्ध छन् । यसरि मोबाइलको उपलब्धता तथा यसको प्रयोगले हामि सम्पूर्णको जनजीवनलाई धेरै सरल र सहज बनाईदिएको छ ।

मोवाइल फोनहरुमा अनेक प्रकारका अनौठा फिचरहरु हुन्छन्,जसको प्रयोग गरेर हामि मख्ख पर्छौ । अहिले बच्चा बृद्ध,युवा जो कोहि सँग पनि मोबाइल हुन्छ।  मोबाइलमा धेरै एडभान्स टेक्नोलोजीहरु आइसक्यो,हामि यसबाट फोनकल  मात्र हैन,इन्टरनेटबाट फेसबुक,ट्वीटर, इन्स्टाग्राम आदिको समेत प्रयोग गर्छौ।

हामि धेरैले मोबाइल बिनाको जीवन कल्पना सम्म पनि गर्न सक्दैनौ । हाम्रो जिबनमा अपरिहार्य बन्न पुगेको यो चिज बिश्वमा पहिलो पटक कहिले,कसले र कस्तो मोबाइलको निर्माण गर्यो भन्ने कुरा धेरै लाइ थाह नहुन सक्छ ।

आजकै दिन अर्थात आज भन्दा ठिक ४५ बर्ष पहिले १९७३ अप्रिल ३ मा मार्टिन कुपरले विश्वकै पहिलो मोबाइल फोन सार्वजनिक गरेका थिए । उक्त फोनको लम्बाई १० इन्च र वजन १ किलो थियो । उक्त प्रोटोटाइपको टक टायम ३० मिनट थियो र चार्ज हुनका लागि १० घण्टा लाग्थ्यो ।

सन् १९७३ भन्दा अघि सम्म मोबाइल टेलीफोन कार तथा अन्य गाडीहरुमा मात्रै स्थापित थियो । हातमा बोक्न मिल्ने पहिलो मोबाइलको निर्माण मोटोरोला कम्पनिले गरेको थियो ।

\"\"

आज भन्दा लगभाग पाँच दशक अघि तीन अप्रिल १९७३ मा इन्जिनियर मार्टिन कुपरले आफ्ना प्रतिद्वन्दि कम्पनिका एक कर्मचारी सँग पहिलो पटक मोबाइल फोनबाट कुराकानी गरेका थिए । यसको ठिक दस बर्ष पछि मोटोरोलाले पहिलो मोबाइल ह्यान्डसेट बजारमा निकालेको थियो ।

कुपरले  मोटोरोला मोबाइल कम्पनि सँग मिलेर पहिलो सेलफोन निर्माण गरेका थिए त्यसपछि उनि उक्त कम्पनिको सीईयो समेत भएर काम गरे । यसको लागि उनलाई मार्कोनी (marconi) पुरस्कारबाट सन् २०१३ सम्मानित  गरियो । यो पुरस्कार संचार क्षेत्रमा उत्कृष्ट काम गर्ने व्यक्तिहरु लाई प्रदान गरिन्छ ।

अहिलेको समयमा विभिन्न प्रकारका मोबाइल फोनहरु बजारमा उपलब्ध छन् । अहिले धेरै जसो स्मार्टफोनको प्रचलन बढ्दो छ । विन्डोज फोन,एन्ड्रोइड फोन लगायतका धेरै प्रकारका फोनहरु पाइन्छन् ।

साथै मोबाइल फोन निर्माण कम्पनिहरु बीचको प्रतिस्पर्धाका कारण मोबाइलमा अनेक प्रकारका अनौठा फिचरहरु समेत सामबेश गरिएका हुन्छन् । यसकारण पनि मोबाइल प्रबिधिमा धेरै विकास भैरहेका छन् ।

उच्चस्तरीय क्यामेरा तथा एआइ जस्ता टेक्नोलोजीहरु प्रयोग गरिएका कारण क्यामेराको र कम्प्युटरको काम एकै पटकमा मोबाइलबाट गर्न सकिन्छ । प्रत्येक देशहरुले आफ्नो प्रबिधिको आधारमा देशको बिकास गरिरहेका छन् । साथै विश्वकै बिकासमा सघाउ पुर्याईरहेका छन् । सूचना तथा प्रबिधि यस्तो महत्वपूर्ण स्तम्भ मध्ये एक हो जसमा देशको सम्वृद्धि निर्भर रहन्छ ।