कीवर्डहरू -

फेसबुकमा गरिएको पोस्ट अब सिधै इन्स्टाग्राममा पनि पोस्ट गर्न सकिने

फेसबुकमा गरिएको पोस्ट अब सिधै इन्स्टाग्राममा पनि पोस्ट गर्न सकिने

फेसबुकले अब फेसबुकमा गरिएको पोस्ट सिधै इन्स्टाग्राममा पनि पोस्ट गर्न सकिने फिचर सार्वजनिक गर्ने भएको छ । यो भन्दा पहिले फेसबुकले क्रस पोस्टको सुविधाको रुपमा स्टाग्राममा राखिएको स्टोरिज र रिल्स फेसबुको स्टोरिजमा राख्न सकिने फिचर उपलब्ध गराएको थियो ।

अब यही फिचरको विपरीत फेसबुक पोस्टलाई नै इन्स्टाग्राममा समेत पोट गर्न सकिने बनाउने भएको हो । यो फिचर हालै सार्वजनिक भएको छ जसले गर्दा विस्तारै सबै प्रयोगकर्ताहरुले यो फिचर प्रयोग गर्न पाउनेछन् । पोस्टमा फोटो, भिडियो लगायतका क्रस पोस्ट गर्न सकिने छ ।

यो फिचर विशेष गरी इन्स्टाग्राम र फेसबुक दुवैमा प्रयोग गर्ने  प्रयोगकर्ताका लागि एकदमै लाभदायी ठहरिनेछ ।  अब एउटै पोस्टका लागि दुई फरक प्ल्याटफर्ममा पटक पटक पोस्ट गर्नुपर्ने झन्झट यसले अन्त्य गर्नेछ ।

हालसम्म यो फिचर आधिकारिक रुपमो सार्वजनिक नभएको कम्पनीले जानकारी दिएको छ । यो फिचर फेसबुक अकाउन्ट र इन्स्टाग्राम अकाउन्ट लिंक भएका प्रयोगकर्ताले प्रयोग गर्न पाउनेछन् ।