कीवर्डहरू -

गरिमा विकास बैंकले ल्यायो ‘मेरो सेयर बचत खाता’

गरिमा विकास बैंकले ल्यायो ‘मेरो सेयर बचत खाता’

गरिमा विकास बैंकले ‘मेरो सेयर बचत खातामा’ योजना ल्याएको छ । हालै मात्र सार्वजनिक उक्त योजनामा बैंकले वार्षिक बचतमा उच्चतम ६ प्रतिशत ब्याजदर प्रदान गर्ने जनाएको छ । साथै, यस बचत खाता खोल्ने ग्राहकले निःशुल्क डिम्याट, निःशुल्क डेविट कार्ड, निःशुल्क मोबाइल बैकिङ्ग, निःशुल्क इन्टरनेट बैंक साथै अन्य सुविधाहरु समेत प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

अनलाइन वा नजिकैको शाखा कार्यालय मार्फत बच्चा देखि बृद्ध सबैले मेरो सेयर बचत खाता खोल्न सक्ने र उल्लेखित सुविधाहरु प्राप्त गर्न सकिने बैंकले जनाएको छ । यदि कसैको यसअघि नै डिम्याट खाता रहेको भएता पनि मेरो सेयर बचत खाता खोली उच्चतम ब्याजदर तथा अन्य सुविधाहरु भने लिन सकिने बैंकको भनाइ छ ।

यद्यपि, बैंकले हाल सबै खाले व्यक्तिगत खातामा समान ९.५० प्रतिशत बार्षिक ब्याजदर प्रदान गरेको छ ।