कीवर्डहरू -

प्रहरीले प्रक्राउ गर्याे बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी

प्रहरीले प्रक्राउ गर्याे बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी

महोत्तरी जिल्लाको भगाहा गाउँपालिका–३ स्थायी घर भई भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका– ८, सिपाडोल बस्ने रामनाथ सिंहलाई प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी रहेका उनलाई काठमाडौंको कमलपोखरीबाट प्रहरीले पक्राउ गरेको हो ।

उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको अवस्थामा जानी–जानी झुक्यानमा पारी जाहेरवालालाई २०७६ साल वैशाख १० मा प्रभु बैंक लिमिटेड, शाखा कार्यालय भक्तपुरको चेक काटेको कसुरलाई बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गर्दै उच्च अदालत पाटनबाट २०७७ साल माघ २० मा बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम ४ (चार) दिन कैद र ११ लाख जरिवाना हुने फैसला गरेको थियो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउका लागि परिचालित विशेष टोलीले उनलाई कमलपोखरीबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि बिहीबार काठमाडौं जिल्ला अदालतमा पेस गरेको छ ।