कीवर्डहरू -

बागमती प्रदेश सरकारले सार्वजनिक गर्याे बागमती कानुन’ एप 

बागमती प्रदेश सरकारले सार्वजनिक गर्याे बागमती कानुन’ एप 

बागमती प्रदेश सरकारले बागमती कानुन एप सञ्चालनमा ल्याएको छ । उक्त एपको नाम ‘बागमती कानुन’ हो । आज बिहीबार आन्तरिक मामिलामन्त्री डा. अजयक्रान्ति शाक्यले एपको उद्घाटन गरेका हुन् । यो एप सार्वजनिक गर्दै आफूले डिजिटल बागमती प्रदेश बनाउन खोजेको र यसै सन्दर्भमा यो एप निर्माण गरिएको जानकारी दिए ।

मन्त्रालयका अनुसार एपमा संविधान, संघीय कानुन, प्रदेश सरकारका तर्फबाट तयार भएका कानुन समावेश गरिएका छन । साथै एपमा पुराना कानुन, राजपत्रलगायत कानुनी समाचारहरूलाई समेत समावेश गरिएको छ ।  शाक्यले सम्भवतः सात वटै प्रदेश मध्ये बागमती प्रदेश यस्तो एप सार्वजनिक गर्ने पहिलो प्रदेश भएको बताए ।

यो एप मार्फत बागमती प्रदेश सरकारले तर्जुमा गरेका सम्पुर्ण कानूनहरु एकिकृत रुपमा मोबाईल एप्लिकेसनको माध्यमबाट हेर्न, डाउनलोड गर्न र सामाजिक सञ्जालमा सेयर गर्नएप निर्माणकर्ता प्रोलोजिक सोलुसन प्रा.लि.का प्रोपराइटर नितेश दाहालले मन्त्रालयले प्रदान गरेको कार्यविवरण अनुरुप एपको निर्माण भएको र यो एप सरकारी स्वामित्वमा रहने भएकाले गुगल प्लेस्टोर र एप्पल स्टोरमा उपलब्ध गराउन केही समय लाग्ने बताए ।