कीवर्डहरू -

स्मार्टफोनको स्पीड बढाउन के गर्ने ?

स्मार्टफोनको  स्पीड बढाउन के गर्ने ?

स्मार्टफोन प्रयोग गर्दैहुनुहुन्छ तर फोन सुस्त भएर हैरानी खेपिरहनु भएको छ ? फोन स्लो भएका कारण तर्पालाई साथीभाइहरूको स्पीड मोबाइलका अगाडी आफ्नो मोबाइल प्रयोग गर्न लज्जाबोध त भइरहेको छैन ? सुरूमा खरिद गर्दा तेज गतिमा चल्ने तपाईको मोबाइल हिजोआज बिस्तारै सुस्त हुँदै गइरहेको त छैन ? यदि यस्तै समस्यमाबाट ग्रसित हुनुभएको छ भने तपाइँले कुनै चिन्ता लिनु पर्दैन ।

यी समस्या कुनै ठूलो समस्या भने होइनन् , स्मार्टफोन प्रयोगकर्ताकालागि यी सामान्य समस्या बनिसकेका छन । यदी यो समस्याबाट छुटकारा पाउने उपायको खोजीमा हुनुहुन्छ भने हामी तपाईलाई यी समस्याको समाधानको उपायका बारे जानकारी दिलाउन गइरहेका छौ ।

समस्या चयन गनुहोस :

सर्बप्रथम त तपाईले मोबाइलको समस्या चयन गर्नुपर्ने हुन्छ  । तपाइको मोबाइल सुस्त हुनुको कारण के हो त्यो जान्न जरूरी हुन्छ । समस्या के का कारणले आएको छ । चाहे त्यो कुनै एउटा एपले हो,अन्य धेरै एपहरू वा सिस्टम आफ्नै कारणले हो त्यो जान्न जरूरी छ ।

केही स्पेस खाली गर्नुहोस :

तपाइले इन्सटल गरेका विभिन्न एपहरू र खिचेका फोटोहरूले सिस्टमको मेमोरी स्पेस ओघटेर रहेका रहेको हुन सक्छन । सिस्टमलाई राम्ररी चल्नकालागि राखीदिनुपर्ने हुन्छ । यदी फोन लो–स्पेसमा चलिरहेको छ भने त्यो पनि मोबाइल स्लो हुनुको एउटा मुख्य कारण हो ।

आफ्ना फोनमा  कति मेमोरी स्पेस बाँकी छ त्यसलाई जान्नकालागि मोबाइल प्रयोगकर्ताले सेटिङ् भित्रको स्टोरेज अपसनमा क्लिक गरेर थाहा पाउन सकिन्छ । मेमोरी स्पेस खाली गर्नका लागि सबैभन्दा सजिलो तरिका एप्सहरू अनइन्टल गर्नु हो । तपाइले आफूलाई नचाइने एप्सहरू त्यहाबाट छानेर अनइन्सटल गर्न सक्नुहुनेछ यसले तपाइको फोनको मेमोरी स्पेस बढाउन सहयोग पुर्याउछ ।

स्मार्टफोन खरिद गर्दै आएका प्री–लोडेड एप्सहरू जुन तपाइले प्रयोग गर्नुहुदैन त्यस्ता एपलाईपनि अनसइन्स्टल गरेर मेमोरी स्पेस बढाउन सकिन्छ । त्यसैगरि अटोमेटिक अपडेटका कारण पनि एपहरूको साइज ठूलो हुने गर्छ । धेरै समयसम्म एप चलाइरहँदा त्यस एपमा स्टोर भएको डाटाले पनि मोबाइलमा धेरै स्पेस ओघटेको हुन सक्छ त्यसकारण बेलाबेलामा एप्सले प्रयोग गरेको डाटा लाई डिलिट गर्नाले मेमोरी स्पेस घटाउन मद्दत गर्छ ।

\"\" प्रयोगमा रहेका विजेटहरूमा कटौती गनुहोस ः मोबाइल प्रयोग गर्दा तपाईलाइ सहयोग पुगोस र मोबाइल चलाउदाको अनुभवलाई नविन्तम र उत्कृष्ट बनाउन मोबाइलमा बिभिन्न बिल्ट–इन विजेटहरू रहेका हुन्छन । चाहे त्यो वेदरको होस वा डुयल क्लक मोबाइलमा यसका अलावा अन्य एप्सहरूको पनि विजेट रहेने गरेका हुन्छन । विजेटको प्रयोगले मोबाइल प्रयोगकर्तालाई सहजता त थप्छ तर एकैसाथ धेरै विजेटहरूको प्रयोग गर्दा भने यसले मोबाइलको पर्फरमेन्समा असर पुर्याइरहेको हुन्छ । एकैसाथ धेरै भन्दा धेरै विजेट ब्याग्राउण्डमा चल्दा यसले फोनलाई सुस्त बनाउछ , यसकारण अत्यावशेक कार्य बाहेकका विजेटहरूको प्रयोगमा कटौती गर्नु बुद्धिमानी कार्य हुन्सक्छ ।

नचाहिँदो एनिमेसन र अन्य इफेक्टलाई बन्द गनुहोस :

मोबाइलको थेप र लुक राम्रो देखिने बिभिन्न किसिमका लन्चरहरूको प्रयोग गरिरहनु भएको छ भने सावधान यो पनि तपाइको मोबाइल सुस्त हुनुको कारण हो । हरक लन्चरहरूमा विभिन्न किसिमका एनिमेसन र स्पेशल इफेक्टहरूको प्रयोग गरिएको हुन्छ । यीनीहरूले तपाइको मोबाइलाई उत्कृष्ट लुक त प्रदान गछर्न तर साथसाथै यसका कारण तपाइको फोन तुलनात्मक रूपमा सुस्त बनाउन जिम्मेबार पनि हुने गरेका छन् ।  तपाइले ती अनावश्यक इफेक्ट र एनिमेसनलाई लन्चरको सेटिङ्मा गएर बन्द गर्न सक्नुहुन्छ । साथै लन्चरले प्रदान गर्ने अन्य एप्सहरूलाइपनि आफै बन्द गर्न सकिन्छ जस्ले तपाइको मोबाइलको स्पीड बढाउन सहयोग पुर्याउछ ।

एप्सहरू बन्द गरेर र्याममा धेरै स्पेस फ्री गराउनुहोस :

मोबाइल हिजोआज एउटामात्र कार्यकालागि प्रयोग गरिदैन । तपाइ मोबाइलमा एकैपटक धेरै भन्दा धेरै एप्सहरू प्रयोग गर्नुचाहनुहुन्छ । यो मात्र होइन मल्टीटाक्सिङ् आजको आवश्यकता नै भइसकेको छ । तपाइले धेरै भन्दा धेरै एप्स चलाउँदा त्यसले तपाइको मोबाइलको पर्फरमेन्समा ह्रास ल्याइरहेको हुन्छ । ब्याग्राउन्डमा चल्ने एप्सका कारण तपाइको मोबाइलको र्याममा भएको स्पेस ओघटिरहेको हुन्छ र थोरै मात्र र्याममा स्पेस बच्ने भएकाले त्यसले मोबाइललाई सुस्त बनाउन सक्छ । तसर्थ ब्याग्राउन्डमा चलिरहेका अनावश्य एप्सहरूलाई बन्द गरेर र्याममा धेरै स्पेस फ्री गराउन सकिन्छ  जसका कारण मोबाइलको स्पीडमा बृद्धि गराउन सकिन्छ ।

र्यामलाई फ्री गराउनकालागि चलीरहेको एप्सहरूको लिस्ट हेरेर क्लोज अला एप्स अपसनमा क्लीक गर्न सकिन्छ भने र्यामलाई सेलेक्ट गरेर यार्मको मेरोरी समेत फ्री गर्न सकिनेछ । यो प्रक्रिया मोबाइलपिछे फरक हुने गर्दछ ।

मोबाइललाई रिस्टार्ट गर्नुहोस :

फोन स्लो र ह्याङग भएका बेला त्यसलाई छिटो बनाउनका लागि मोबाइल रिस्टार्ट गर्नु एउटा सबैभन्दा सजिलो र छिटो उपाय मानिन्छ । त्यसो गर्नाले मोबाइललाई पहिलेकै स्पीडमा चलाउन सकिन्छ । रिस्टार्ट गरे पश्चात त्यस फोनको केस cache क्लीयर गर्ने , अनावश्यक एप्सहरूलाई चल्नबाट रोक्नाले मोबाइललाई छिटो बनाउन सकिन्छ ।

मोबाइल रिस्टार्ट गर्नकालागि पावर बटनलाई केहिबेर सम्म थिच्ने र रिस्र्टाट अपसनमा क्लिक गरेर गर्न सकिन्छ । यसका अलावा मोबाइलमा कुन एपले अत्याधिक ब्याट्र खपत गरिरहेका छन् त्यो जान्नका लागि सेटिङभित्रको ब्याट्री अपस्नमा क्लिक गरेर थाहा पाउन सकिन्छ । साथै र्यामको प्रयोगको बारेमा पनि सेटिङभित्रको एप म्यानेजरबाट थाहापाउन सकिन्छ  यो फिचर भने मोबाइलपिछे फरक पर्छ ।