कीवर्डहरू -

दराज अब ४७ सहरमा उपलब्ध, आगामी महिनाहरूमा देशभरि सेवाको विस्तारलाई तीव्रता दिने

दराज अब ४७ सहरमा उपलब्ध,  आगामी महिनाहरूमा देशभरि  सेवाको विस्तारलाई तीव्रता दिने

प्रसिद्ध अनलाइन बजार दराजले आफ्नो सेवा देशव्यापी बनाएको छ ।  आगामी महिनाहरूमा देशभरि आफ्नो डेलिभरी र लजिस्टिक सेवाको विस्तारलाई तीव्रता दिने घोषणा गरेको कम्पनीले हालैमात्र ४७ भन्दा धेरै सहरमा आफ्नो उपस्थिति पुगिसकेको जनाएको हो । साथै, हालसम्म सहर केन्द्रीत मात्र रहेको कम्पनीले अब आफ्नो सेवा ग्रामीण क्षेत्रमा समेत विस्तार गर्ने योजना बनाइरहेको बताएको छ ।

प्रमुख कम्पनीको मुद्दा भनेको देशदेखि अन्तर्राष्ट्रिय बजारमा समेत उपयुक्त सडक नेटवर्कको विस्तार गर्ने रहेको जनाएको छ । प्रथमत देशभरका प्रमुख शहरहरुलाई एक आपसमा जोड्ने र ई–कमर्सको विकास गर्ने कम्पनी ध्यय रहेको छ । यसै मुद्दालाई सम्बोधन गर्न दराजले प्रत्येक वर्ष एउटा विशिष्ट इलाकासंग परिचित वितरण कर्मीहरुसंग साझेदारी गर्दै आएका छ ।

हाल दराजको देशभर १५ वटा डेलिभरी हबहरू रहेका छन् । पूर्व बिर्तामोड, विराटनगर, जनकपुर, बीरगंज, भरतपुर, हुँदै पश्चिम तर्फ पोखरा, बुटवल, धनगढी र काठमाडौं उपत्यका भित्रका मुख्य सहरहरु भक्तपुरको सल्लाघारी, काठमाडौंको पुरानो बानेश्वर, बालाजु, गोपीकृष्ण, न्यूरोड, थसिखेल र सोल्टिमोडमा डेलिभरी  हब रहेको कम्पनीले जनाएको छ । यी हबहरुबाट ग्राहकहरुको उत्पादनहरु वितरण गरिने कम्पनीले जनाएको छ ।