कीवर्डहरू -

निरन्तर स्क्रोल गर्नबाट रोक्नका लागि इन्स्टाग्रामले ल्यायो ‘टेक अ ब्रेक’ फिचर

निरन्तर स्क्रोल गर्नबाट रोक्नका लागि इन्स्टाग्रामले ल्यायो ‘टेक अ ब्रेक’ फिचर

इन्स्टाग्रामले आफ्नो प्रयोगकर्ताहरुमा स्वस्थ्य सामाजिक सञ्जाल चलाउने बानीको विकास गर्ने दावीलाई पुरा गर्न थालेको छ । मेटा स्वामित्वको फोटो सेयरिङ एप इन्स्टाग्रामले आफ्नो प्लेटफर्मबाट एकछिन छुटिएर अर्कै केही गर्नलाई प्रोत्साहन गर्नका निम्ति ‘टेक अ ब्रेक’ नामक फिचर ल्याउने भएको छ ।

एपले हरेक १०, २० वा ३० मिनेट पछि तपाईलाई मनपर्ने अन्य केही कुरा गर्न जानकारी दिने गर्दछ । परिक्षणमा भाग लिएका सहभागीले यो फिचर केही दिनमै देख्न पाउने इन्स्टाग्रामले बताएको छ ।

इन्स्टाग्राम प्रमुख एदाम मोसेरीले ट्विटमार्फत यो फिचरबारे जानकारी गराएका हुन् । ट्विटरमा भिडियो पोष्ट गर्दै उनले डिसेम्बरबाट यो फिचर सार्वजनिक हुन सक्ने बताएका हुन् । मोसेरीको पोष्ट अनुसार इन्स्टाग्राम प्रयोगकर्ताले आफ्नो स्क्रिनमा ‘टेक अ ब्रेक’ नामक अप्सन देख्नेछन् ।

तपाईलाई यो फिचरमा आफूखुशी कति समय एपमा बिताउने भनेर पनि छान्न सक्नुहुनेछ । यो फिचरले गर्दा तपाईको फिड भने फ्रिज हुँदैन् । स्क्रीनमा ‘टेक अ ब्रेक’ भनेर देखाएपछि प्रयोगकर्ताले डन भनेर अझै स्क्रोल गर्न सक्नेछन् । प्रयोगकर्ताले लामो समयदेखि माग गरेको यो फिचर आगामी डिसेम्बर महिनादेखि आउन सक्ने बताइएको छ ।

Testing “Take a Break” ????‍????

We started testing a new feature called “Take a Break” this week. This opt-in control enables you to receive break reminders in-app after a duration of your choosing.

I’m excited to dig into the results & hopefully launch this sometime in December. ✌???? pic.twitter.com/WdSTjL6ZdH

— Adam Mosseri ???? (@mosseri) November 10, 2021