कीवर्डहरू -

आइसिटी एकेडेमी विकास गर्न ह्वावे र आईओई बिच सम्झौता

आइसिटी एकेडेमी विकास गर्न ह्वावे र आईओई बिच सम्झौता

ह्वावे र त्रिभुवन विश्वविद्यालय (त्रिवि) बिच सिड फर द फ्युचर र आईसिटी एकेडेमीको विकास गर्न सम्झौता भएको छ । मंगलबार अर्थात कात्तिक ३० गते आयोजना गरिएको ह्वावे कनेक्ट २०२१ को कार्यक्रममा उक्त सम्झौता भएको हो ।

सम्झौतापत्रमा त्रिभुवन विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङका कार्यबाहक डिन प्रो.डा. चिन्तामणि पोखरेल र ह्वावेका प्रमुख कार्यकारी अधिकृत विलियम जाङले हस्ताक्षर गरेका थिए ।

उक्त सम्झौता कार्यक्रममा ह्वावेका जाङ जेङजुन र सूचना तथा सञ्चार विभागका सहसचिव अनिल कुमार दत्तको पनि उपस्थिति रहेको थिए ।