कीवर्डहरू -

आफुले प्रयोग गर्ने सीम कसको नाममा छ ? यसरी थाहा पाउनुहोस्

आफुले प्रयोग गर्ने सीम कसको नाममा छ ? यसरी थाहा पाउनुहोस्

के तपाईलाई आफुले प्रयोग गरिरहेको सिम कसको नाममा दर्ता छ भनेर थाहा छ ? यदि तपाई अरु कसैको नाममा भएको सिम प्रयोग गरिरहनु  भएको छ भने कुनै समय तपाई समस्यामा पर्न सक्नु हुन्छ ।

सरकारले केही समय अगाडि मोबाइल एपबाटै सबै सार्वजनिक सेवा दिने उदेश्यले नागरिक एप सार्वजनिक गरेको थियो । उक्त एप प्रयोग गर्न पनि तपाईले प्रयोग गर्ने सीम आफ्नो नाममा हुन आवश्यक छ ।

आज हामी तपाईलाई नेपाल टेलिकम तथा एनसेलको तपाईले प्रयोग गर्ने सीम कसको नाममा दर्ता भएको छ भनेर थाहा पाउने तरिका बारे जानकारी दिदैछौँ ।

आफुले प्रयोग गर्ने नेपाल टेलिकमको सिम कसको नाममा छ भनेर थाहा पाउनको लागि *९२२# डायल गर्नुहोस । यसबाट आफुले प्रयोग गर्ने नेपाल टेलिकमको सिम कसको नाममा दर्ता भएको छ भनेर जानकारी पाउन सकिने छ ।

त्यस्तै तपाईले प्रयोग गर्ने एनसेलको सिम कसको नाममा छ भनेर थाहा पाउनको लागि *९९६६# डायल गर्नुहोस । त्यसपछि आफुले प्रयोग गर्ने सिम कसको नाममा दर्ता भएको छ भनेर जानकारी पाउन सकिने छ ।

यदि आफुले प्रयोग गरिरहेको सीम अरुको नाममा दर्ता छ भने उक्त सीम आफ्नो नाममा ल्याउन पनि सकिन्छ । जसको लागि सम्बन्धित सेवा प्रदायकलाई सम्पर्क गर्नुपर्ने हुन्छ ।