कीवर्डहरू -

२ वर्षमा ६ लाख विद्युतीय गाडी उत्पादन गर्ने योजनामा फोर्ड

२ वर्षमा ६ लाख विद्युतीय गाडी उत्पादन गर्ने योजनामा फोर्ड

फोर्डले सन् २०२३ को अन्त्यसम्ममा ६ लाख विद्युतीय गाडी उत्पादन गर्ने योजना राखेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत जिम फार्लेले ट्वीटरको मार्फत अटोनिर्माता कम्पनीले सन् २०२३ को अन्त्यसम्ममा ६ लाख विद्युतिय गाडी उत्पादन गर्ने योजना राखेको बताएका हुन् ।

फोर्डको विद्युतीय गाडीको माग बजारमा बढेको छ । फोर्डको एफ १५० लाईटनिङ सार्वजनिक भएदेखिनै चर्चित रहेको छ र सार्वजनिक भएको तीन हप्तामै कम्पनीले एक लाख रिजर्भेसन पाएको थियो, जुन अब भने १ लाख ६० हजारमा परिणत भएको छ ।

यही बढ्दो मागको कारणले फोर्डले उत्पादन बढाउनका निम्ति २५० मिलियन डलर लगानी गर्ने भएको छ, जसले ४५० ओटा नयाँ रोजगार अवसर सिर्जना गर्नेछ ।