कीवर्डहरू -

ह्वावेको सिड्स फर द फ्युचर कार्यक्रमको उत्कृष्ट २० घोषणा, को को भए छनोट ? 

ह्वावेको सिड्स फर द फ्युचर कार्यक्रमको उत्कृष्ट २० घोषणा, को को भए छनोट ? 

ह्वावेले सिड्स फर द फ्युचर कार्यक्रमको उत्कृष्ट २० घोषणा गरेको छ । आएका आवेदन मध्येबाट ह्वावेले मसिंर ७ गते उत्कृष्ट २० विद्यार्थीको नाम सार्वजनिक  गरेको हो ।

उत्कृष्ट २० मा एडभान्सड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टका अंकित खनाल, केयु स्कुल अफ इन्जिनियरिङका अवन श्रेष्ठ, कान्तिपुर सिटी कलेजका भावुक गढतौला, मदन भण्डारी मेमोरियल कलेजका विवेक गुप्ता, एडभान्सड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टका विशाल श्रेष्ठ, एडभान्सड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टका दर्शन गौतम, एडभान्सड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टका एल्बिना पौडेल छनौट भएका छन् ।

त्यस्तै नेशनल एकेडमी अफ साइन्स एण्ड टेकनोलोजीका ज्ञानु अवस्थी, हेराल्ड कलेजका जनक भट्ट, त्रिवि आईओई इस्टर्न रिजन क्याम्पसका कृतज्ञा रेग्मी, एलबिइएफ कलेजका लाल बहादुर बुढा, आईएसएमटी कलेजका निशान थापामगर, त्रिवि आईओईका प्रदीप बिसी, सेन्ट जेभियर कलेजका प्रशिद्ध कंशाकार, त्रिवि आईओई इस्टर्न रिजन क्याम्पसका रनिश देवकोटा, एलबिइएफ कलेजका सन्दिप कुमार झा, खोपा कलेज अफ इन्जिनियरिङका सन्देश आचार्य, हिमालय कलेज अफ इन्जिनियरिङकी सरला भण्डारी, इस्लिङकन कलेजका शिशिर पौडेल र त्रिवि आईओईकी युनिका बज्राचार्य समेत उत्कृष्ट २० मा पर्न सफल भएका छन् ।

ह्वावेको सिड्स फर द फ्युचर कार्यक्रम नेपालका सबै सूचना तथा सञ्चार प्रविधि विषयमा स्नातक पढिरहेका विद्यार्थीहरुका लागि केन्द्रित गरेर आयोजना गरिएको कार्यक्रम हो ।

यस कार्यक्रमले विद्यार्थीहरुलाई ८ दिने अन्तरक्रियात्मक अनलाइन अनुभव र नेपालमा आईसीटी उद्योगमा फर्स्ट ह्यान्ड एक्सपेरियन्स प्रदान गर्ने जनाइएको छ ।

अनलाइन कार्यक्रमको दौरान विद्यार्थीहरुले एन्ट्री लेभल र एड्भान्स्ड प्राविधिक कोर्सहरू पाउने छन्, जसमा  क्लाउड कम्प्युटिंग र एआई भर्चुअल टुरको माध्यमबाट चीनको अनुभव, विशेषज्ञहरुबाट साइबरसुरक्षा देखि एयरोस्पेस उद्योग बारे विस्तृत दृष्टिकोण सुन्ने, देशहरुसंग क्रस–कल्चरल एक्सचेन्ज सम्भव हुने अन्र्तक्रियात्मक र गतिशील कक्षा कोठामा समावेश हुने टेक फोर गूड समूह परियोजनामा भाग लिने र ह्वावेको इतिहास र प्राविधिक विकासको एक झलक पाउने छन् ।

विद्यार्थीहरुले ह्वावे नेपाल कार्यालयको भ्रमणको माध्यमबाट नेपालको आईसिटी उद्योगमा फर्स्ट–ह्यान्ड एक्सपेरियन्स प्राप्त गर्ने छन्, जहाँ उनीहरुलाई नेपालको आईसिटी उद्योगमा ह्वावेको समृद्ध अनुभवसंग परिचय गराइनेछ भने उद्योग विशेषज्ञहरुद्वारा कक्षा र डिसेम्बरमा आयोजित एक रमणीय स्थानमा एक ह्वावे–निर्मित बेस स्टेशनको एक रातको यात्रा तय गरिने छ ।

कार्यक्रमको समापन तिर विद्यार्थीहरु अलुम्नाइ समुदायमा सम्मिलित हुनेछन् जहाँ आत्मियता गाढा गर्न एस्क्लुसिभ वेबिनार, राउन्ड टेबल संवाद, उत्सव कार्यक्रम आदि हरेक बर्ष आयोजना गरिनेछ ।

यो कार्यक्रम पहिलो पटक थाईल्याण्डमा २००८ बाट शुरू भएको थियो । त्यसबेला देखि १३० देश र क्षेत्रहरुबाट ९ हजार विद्यार्थीहरु ह्वावेको सिड्स फर फ्युचर कार्यक्रममा सहभागी भइसकेका छन् ।