कीवर्डहरू -

इस्लिङटन कलेजमा विद्यार्थीको शोकेसः कन्ट्याक्टलेश पेमेन्ट सिष्टम देखि थ्रिडी प्रिन्टरसम्म

इस्लिङटन कलेजमा विद्यार्थीको शोकेसः कन्ट्याक्टलेश पेमेन्ट सिष्टम देखि थ्रिडी प्रिन्टरसम्म

इस्लिङटन कलेजले एफवाईपी शोकेस प्रदर्शनी आयोजना गरेको छ । उक्त पदर्शनीमा अन्तिम वर्षका विद्यार्थीले अध्ययन क्रममा सिकेका र आफूले जिम्मा लिएका प्राविधिक परियोजनाहरु प्रस्तुत गरेका थिए ।

यो कार्यक्रममा मूलतः सूचना–प्रविधिसँग जोडिएका विषयलाई केन्द्रित गरी तयार पारिएका परियोजना अन्तर्गत प्रदर्शनी गरिएको थियो । विद्यार्थीले पाएको ज्ञान, क्षमता र विचार विषयवस्तुलाई प्रविधिमार्फत कार्यान्वयन गर्न कार्यक्रम आयोजना गरिएको कलेजले जनाएको छ ।

\"\"

इस्लिङटन कलेजका विद्यार्थीले लेगेसि सिस्टम, एनोभेटिभ सिस्टम र हालको समस्या तत्कालै समाधान गर्ने विभिन्न विषयवस्तु समेटिएको एप्लिकेन्सन तयार गरेका थिए ।

विद्यार्थीले आफ्नो जिम्मेवारीमा परेको परियोजनामा प्रयोजननिम्ति तयार गरेको हस्तकलाका नेपालमै निर्मित थियो । करिब २५ स्टलमध्ये केहीमा सूचना प्रविधि र कुनैमा हस्ताकलाका सामग्री राखिएका थिए ।

\"\"

मंगलबार सकिएको दुइदिने प्रदर्शनीमा कन्ट्याक्टलेश पेमेन्ट सिष्टम, ट्राभलबडी भर्चुअल ट्राभल गाइड, थ्रिडी प्रिन्टर लगायतका वस्तुबारे जानकारी गराइएको इस्लिङटन कलेजले जानकारी दिएको छ ।

\"\"