कीवर्डहरू -

सिटिजन्स बैंकको मोबाइल बैंकिङ एपबाट अब सीआरएन तथा डिम्याट नम्बर विवरण हेर्न सकिने

सिटिजन्स बैंकको मोबाइल बैंकिङ एपबाट अब सीआरएन तथा डिम्याट नम्बर विवरण हेर्न सकिने

सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडले मोबाइल बैंकिङ्ग मार्फत सीआरएन तथा डिम्याट नम्बर विवरण हेर्ने सुविधाको सुरुवात गरेको छ ।

बैङ्कले आफ्ना बैंकिङ्ग सेवाहरू मोबाइल फोन तथा वेब ब्राउजरका माध्यमबाट समेत प्रयोग गर्न मिल्ने गरी ओम्नी च्यानलमा स्तरोन्नति गरे पश्चात् यो सेवाको सुरुवात गरेको हो ।

यो सेवा प्रारम्भ भयसँगै प्राथमिक शेयर निष्कासनको समयमा आवश्यक सीआरएन नम्बर याद गरिरहन पर्ने झन्झटबाट ग्राहकहरू मुक्त हुने विश्वास बैङ्कले गरेको छ ।

हालको मोबाइल बैंकिङ्ग एपलाई स्तरोन्नति गर्दै बैङ्कले सिटिजन्स बैंकमा खाता भएका एवं नभएका ग्राहकहरूलाई समेत लक्षित गर्दै बिना चेक इ क्यास पठाउने, रकम जम्मा गर्न इ भौचर प्रयोग गर्ने लगायतका सुविधा समेत थप गरेको जनाएको छ ।

साथै ग्राहकहरूले मुद्दती खाता खोल्ने, खाताको विवरण हेर्ने, रकमान्तर गर्ने, अनलाइन भुक्तानी गर्ने, क्युआर कोड मार्फत भुक्तानी गर्ने लगायतका उपयोगी सेवा प्राप्त गर्न समेत सक्ने बैङ्कले जनाएको छ ।

यस स्तरोन्नतिसँगै अब बैङ्कका ग्राहकहरूले बैङ्कमा नगई मोबाइल वा कम्प्युटरका माध्यमबाट घरमै बसिबसी विभिन्न बैंकिङ्ग सेवाहरू सहज रूपमा प्राप्त गर्न सक्नेछन् ।