कीवर्डहरू -

ओपोद्वारा डुअल साइड्स र र्यापएराउण्ड स्क्रिन सहितको फ्युचरिस्टिक फोनका लागि प्याटेन्ट दर्ता

ओपोद्वारा डुअल साइड्स र र्यापएराउण्ड स्क्रिन सहितको फ्युचरिस्टिक फोनका लागि प्याटेन्ट दर्ता

ओपोले डुअल साइड्स र र्यापएराउण्ड डिस्प्ले सहितको फ्युचरिस्टिक फोनका लागि प्याटेन्ट दर्ता गराएको छ । वर्ल्ड ईन्टेलेक्चुअल प्रपर्टी अफिस (डब्ल्यूआईपीओ)मा दर्ता गरिएको प्याटेन्टमा ओपोले दुई साइड भएका उपकरण एसेम्बल र डिसएसेम्बल गर्ने तरिकाको वर्णन गरेको छ ।

प्याटेन्ट भित्र यस उपकरणका लागि ओपोले बनाएका सोचको रेखा चित्र र योजना सम्मिलित रहेका छन् ।  यसमा उपकरणको सम्भावित लुक्सका बारेमा कुनै जानकारी भने दिइएको छैन । अवधारणाका निर्माता र लेट्स गो डिजिटलसंगको सहकार्य मार्फत यस ओपो उपकरणको सम्भावित रुपरेखा रेन्डर गरिएको हो ।

रेन्डर्सलाई आधार मान्दा ओपोको यस उपकरणमा सार्प कर्नर्सका साथमा पातला बेजल रहेको छ । यसमा कम्पनीले कर्भ्ड डिस्प्लेको प्रयोग गरेको देखिँदैन ।

तस्बिरलाई आधार मान्दा स्क्रिनका कुनाहरुमा पनि सार्प कर्नर्सको प्रयोग भएको छ । प्याटेन्टका अनुसार यस डिजाइनमा डिस्प्ले र फ्रेमका विच अल्ट्रा(थिन स्टील प्लेटको प्रयोग भएको छ । यसले गर्दा ओपोले यसमा पातलो स्क्रिनको सहज प्रयोग गर्न सक्षम भएको देखिन्छ ।

यस उपकरणको पछिल्लो भागमा एलईडी फ्ल्याशका साथमा चार ओटा क्यामेरा छन् । यसमा रहेको डिस्प्ले फोनको पछिल्लो भाग सम्म पुगेका कारण यी क्यामेराको प्रयोग सेल्फी शुटर्सका रुपमा पनि गर्न सकिनेछ । यसले गर्दा उपकरणमा छुट्टै फ्रण्ट क्यामेरा जडान गरिएका छैनन् । यसमा रहेको डिस्प्लेले अघिल्लो भागमा केहीका लागि पनि स्थान छाडेको छैन् ।