कीवर्डहरू -

अन्तरिक्ष सम्बन्धि नेपालको पहिलो ‘स्पेस टेक इनोभेसन’ प्रदर्शनी हुँदै

अन्तरिक्ष सम्बन्धि नेपालको पहिलो ‘स्पेस टेक इनोभेसन’ प्रदर्शनी हुँदै

अन्तरिक्ष गतिविधि र नेपाली युवाहरुले गरेको सफलताको बारेमा जानकारी दिने उद्धेश्यले पहिलो पटक स्पेस टेक इनोभेसन प्रदर्शनी हुने भएको छ ।

युथ फर नेशनले नेपालमै पहिलो पटक अन्तरिक्ष सम्बन्धि जानकारी दिनका लागि मंसिर १४ र १५ गते दुई दिने प्रदर्शनी गर्न लागेको हो ।

प्रदर्शनीमा नेपाली युवाहरुले तयार पारेको रकेट, स्याटेलाइट, अन्तरिक्ष सम्बन्धि उपकरणहरु, टूलहरु, सफ्टवेयर लगायतका विषयहरु प्रदर्शनमा राखिनेछ ।

काठमाडौंको धुम्बाराही स्थित शखंपार्कमा आयोजना हुने दुई दिने प्रदर्शनीले नेपाल युवाहरुलाई आगामी दिनमा अन्तरिक्षको बारेमा थप चासो जगाउने र सो क्षेत्रमा आकर्षित गर्ने आयोजकले अपेक्षा राखेको छ ।

सो प्रदर्शनीमा अन्तरिक्ष र त्यससँग सम्बन्धित विषयहरुमा प्रदर्शन गर्नुका साथै सो सम्बन्धि ज्ञानबर्दक जानकारीहरु समेत प्रदान गरिने लक्ष्य राखिएको छ ।

स्पेस टेक इनोभेसन प्रदर्शनीमा नियर स्पेस, नास्ट, नेशनल एजुकेसन हब, एक्सप्लोर ग्रुप, रिकास्ट, काठमाडौं महानगरपालिका वडा नम्बर ४, साइन्स टिचर एसोसिएसन नेपाल तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, ओरेल पार्क र क्यान महासंघले सह आयोजना गरेका छन् ।

प्रदर्शनीलाई दाह्री ग्याङ्ग, विपि प्लानेटरियम, अर्थ मन्त्रालयले सपोर्ट गरेका छन् भने एजुकेसन पार्टनरमा मर्सी एजुकेसन, आदिम कलेज रहेका छन् ।

त्यसैगरी हेल्थ पार्टनरमा डक्टर्स होम केयर रहेको छ भने टेक्नोलोजी पार्टनरमा टप नेपाल इन्टरनेशनल प्रालि र कल्की आईओटी रहेको छ ।

यसको ट्राभल पार्टनरमा कार हायर नेपालले सहयोग गरेको छ भने मिडिया पार्टनरमा रिभोसाइन्स नेपाल, टेक्नोलोजीखबर डटकम, आईसिटी फ्रेम, पिएलएखबर रहेका छन् ।

अनुसन्धान पार्टनरमा जिसी रिसर्च एण्ड डेभलपमेन्ट छ भने सोसल मिडिया पार्टनरमा जोक्स नेपाल रहेको छ ।
त्यस्तै इनोभेटिभ पार्टनरमा इनोभेटिभ घर नेपाल रहेको छ।