कीवर्डहरू -

आधारभूत सामुदायिक विद्यालयमा २० एमबीपीएसको इन्टरनेट पुर्‍याउन ३३८ स्थानीय तहसँग सम्झौता

आधारभूत सामुदायिक विद्यालयमा २० एमबीपीएसको इन्टरनेट पुर्‍याउन ३३८ स्थानीय तहसँग सम्झौता

नेपाल दूरसञ्चार प्राधिकरणले आधारभूत विद्यालयमा २० एमबीपीएस इन्टरनेट पुर्‍याउन ३३८ स्थानीय तहसँग सम्झौता गरेको छ । प्राधिकरणले भूकम्पबाट प्रभावित ८ र काठमाडौं उपत्यका बाहेकका जिल्लामा कम्तिमा २० एमबीपीएसको इन्टरनेट जडान गर्न ३३८ स्थानीय तहसँग सम्झौता गरेको हो ।

ग्रामिण दूरसञ्चार विकास कोषको रकम परिचालित गरि प्राधिकरणले भुकम्पबाट अति प्रभावित ८ जिल्लाका सबै स्थानीय कार्यालय, वडा कार्यालय, सामुदायिक माध्यामिक विद्यालय, सामुदायीक स्वास्थ्य कार्यालयमा क्षमता अभिवृद्धि गर्न र सम्पूर्ण आधारभूत विद्यालयमा २० एमबीपीएसको इन्टरनेट जडान गरी २ वर्षसम्मको लागि महशुल वापतको रकम उपलब्ध गराउने छ ।

साथै काठमाडौं उपत्यका बाहेकका अन्य जिल्लाका सामुदायीक विद्यालयहरुमा २० एमबिपिएसको तिब्रगतिको ब्रोडब्याण्ड पुर्याउने योजनाअनुसार हालसम्म ३३८ स्थानीय तहहरुसँग समझदारी पत्रमा हस्ताक्षर गरिसकेको प्राधिकरणले जनाएको छ ।