कीवर्डहरू -

ल्यापटपसहित नेपाली बजारमा अविताको प्रवेश, २ वर्षको वारेन्टी सुविधा

ल्यापटपसहित नेपाली बजारमा अविताको प्रवेश, २ वर्षको वारेन्टी सुविधा

अमेरिका, हङकङ्ग, सिङ्गापुर, ताइवान, थाइल्याण्ड, इन्डोनेसिया, फिलिपिन्स, मलेसिया र भारत जस्ता देशमा सफलतापूर्वक आफ्नो बजार विस्तार गरिसकेपछि अविताले अब नेपालमा पनि आफ्नो लाइफस्टाइल टेक ब्रान्डसहित व्यापार विस्तार गर्ने भएको छ ।

अविता बजारमा एक अतुलनीय तर निर्बाध कम्प्युटिङको अनुभव दिनेमा विश्वस्त रहेको छ । यसमा भविष्यवादी दृष्टिकोणले प्राविधिक विकासहरूसँगै नयाँ पुस्ताका प्रयोगकर्ताहरुको चाहना अनुरुप नवप्रवर्तनलार्ई प्रोत्साहित गर्ने उद्देश्य राखेको छ ।

अविताले नेपाली बजारमा आफ्नो पकड जमाउन विशेष गरी ल्यापटपका शृङ्खलाहरु ल्याएको छ । यो ब्राण्डका ल्यापटप हल्का, अल्ट्रा-पोर्टेबल र अपुर्व विशेषताले भरिपूर्ण रहेकोले युवा वर्गलाई आकर्षित गर्ने विश्वास लिइएको छ ।

यो ब्रान्डको ‘एसेन्शियल’, ‘म्यागस २-इन-१’ र ‘प्यूरा ई’ सिरिजका अतिरिक्त ‘रेड डट डिजाइन’ अवार्ड विजेता २०२१ - ‘लाइवर भी १४’ ल्यापटप शृङ्खलाले नेपालको बजारलाई उत्साहित गर्ने कम्पनीले जनाएको छ ।

सबै अविताका उत्पादनहरू २ वर्षको अन-साइट वारेन्टीसहित उपलब्ध छन् भने ‘म्यागस २-इन-१’ मा २ वर्षको क्यारी-इन वारेन्टीसहित उपलब्ध छ ।

नेक्ष्टजिओ कम्पनी लिमिटेडका सीईओ र सह-संस्थापक एलेक्स चुङले अन्तहः हिमालयको भूमिमा पाइला टेक्न पाउँदा उत्साहित रहेको बताए ।

‘हाम्रो उद्देश्य दक्षिण एसियाली बजारमा आफ्नो व्यापार विस्तार गर्ने हो,’ उनले भने, ‘यससँगै हामीले हाम्रा उपभोक्ताहरूको हृदयमा विश्वव्यापी पदचिह्न छोड्ने योजना पनि बनाएका छौं ।’

उद्घाटन समारोहमा बोल्दै अविताका क्षेत्रिय व्यापार निर्देशक सीमा भटनागरले अविताका नयाँ ल्यापटपलार्ई नेपालका प्राविधिक प्रयोगकर्ता माझ ल्याउन पाउँदा अत्यन्त उत्साहित भएको बताइन् ।

‘हामी विशिष्ट सिरीजका ल्यापटपहरु ल्याउनेछौँ जसले ग्राहकमा बढ्दो माग सृजनन गर्नेछ,’ उनले भनिन, ‘एउटा अन्तराष्ट्रिय टेक ब्रान्ड रहनुका कारण हामी ल्यापटप खरीदकर्ताहरुका लागि एक शीर्ष छनौट बन्ने र आफ्नो हर क्षमता अनुसार सेवा प्रदान गर्न तत्पर छौँ ।’