कीवर्डहरू -

ला लिगा अब ५० रुपैयाँमा हेर्न पाइने

ला लिगा अब ५० रुपैयाँमा हेर्न पाइने

विश्वकै चर्चित लिग स्पेनिस ला लिगा फुटबल अब ५० रुपैयाँमा प्रतक्ष हेर्न पाइने भएको छ । हरेक हप्ता आउने ला लिगाको खेल हप्ताको ५० रुपैयाँ मात्र शुल्क तिरेर हेर्न सकिने डिशहोम एक्सन स्पोर्ट्सले जनाएको छ ।

ला लिगाको यो होल सिजन यस्तो ब्यवस्था उपलब्ध गराइन लागिएको डिस मिडिया नेटवर्क लिमिटेडका विजनेस डेभलपमेन्ट म्यानेजर भुपाल सिंह बस्नेतले जानकारी दिनुभयो । यस सुविधा डिसहोम एक्सन स्पोर्टस एचडी २ मा उपलब्ध हुनेछ ।

स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रतक्ष हेर्न पाइने ब्यवस्था छ ।

ला लिगाको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको हो । ला लिगाका खेलहरु यस सिजनको सुरुदेखि नै एक्सन स्पोर्टस एचडी २ मा प्रशारण भईरहेको छ ।

त्यसका लागि डिशहोमको ग्राहक भने बन्नुपर्ने हुन्छ । हाल डिशहोमको ग्राहकलाई ला लिगाको सिजन टिकट सिम टिभी, प्रभु टिभी र डिश होमको ओटीटी (डिशहोम गो) मार्फत उपलब्ध छ ।