कीवर्डहरू -

क्यामेरा र ट्रंक बिग्रिएको भन्दै टेस्लाले फिर्ता मगायो ५ लाख गाडी

क्यामेरा र ट्रंक बिग्रिएको भन्दै टेस्लाले फिर्ता मगायो ५ लाख गाडी

टेस्लाले करिब ५ लाख गाडीहरुलाई क्यामेरा र ट्रकं बिग्रिएको भनेर कम्पनीमा फिर्ता मगाएको छ । कम्पनीले सन् २०१७ देखि सन् २०२० मा निर्मित मोडेल थ्री कारहरुलाई कम्पनीमा बोलाएको छ ।

ट्रकंको निरन्तर प्रयोगले रियरभ्यू क्यामेराको केबल बिग्रिन सक्ने हुनाले कम्पनीले जाँच र मर्मत कार्यका निम्ति गाडीलाई कम्पनीमा बोलाएको हो ।

टेस्लाले सन् २०१४ देखि २०२१ सम्ममा एक लाख १९ हजार ९ ओटा मोडेल एस कारहरुलाई पनि रिकल गरेको छ । सन् २०२० को डिसेम्बर २३ पछि निर्माण गरिएको मोडेलमा कुनै समस्या नभएको देखिएको छ ।

टेस्लाको कारमा आएको कुनै पनि समस्याले दुर्घटना नभएको कम्पनीले जनाएको छ ।