कीवर्डहरू -

मोबाइलको स्क्रीन भरी जहाँ टच गरेपनि स्क्रीन लक खोल्न सकिने फोन ल्याउँदै साओमी

मोबाइलको स्क्रीन भरी जहाँ टच गरेपनि स्क्रीन लक खोल्न सकिने फोन ल्याउँदै साओमी

साओमीले अल स्क्रीन फिंगरप्रिन्ट स्क्यानरसहितको स्मार्टफोन ल्याउने भएको छ । यसका लागि साओमीले अल स्क्रीन फिंगरप्रिन्ट स्क्यानर प्रविधिको प्याटेन्ट दर्ता गराएको छ ।

यो सुविधा उपलब्ध भएपछि मोबाइलको स्क्रीन भरी जहाँ कहीँ पनि टच गरेर स्क्रीन लक खोल्न सकिने छ । यसले अन्डर डिस्पले फिगंरप्रिन्ट स्कयानरले ल्याउने समस्यालाई न्यूनतम गर्नेछ ।

ह्वावेले पनि यही प्रविधिका लागि सन् २०२० को अगस्तमा प्याटेन्ट प्रस्तावित गरेको थियो । गिजमोचाइनाको रिपोर्ट अनुसार साओमीले भने जानवरी ४ मा चिनियाँ राष्ट्रिय प्याटेन्ट डेटाबेसमा प्याटेन्ट दस्तुर गरेको थियो । यो प्रविधि इन्फ्रारेड एलईडी ट्रान्समिटर र रिसिभरको मद्दतले काम गर्ने गर्दछ ।

यसैको माध्यमले डेटा प्रोसेस गरिन्छ र डेटा मेल खाएमा डिभाइस अनलक हुने गर्दछ । यस प्रविधिमा तपाईले औँला राखेको भागमा बत्ति पनि बल्ने गर्दछ । यो प्रविधि चाँडै सओमीको फ्ल्यागशीपमा उपलब्ध हुनेछ ।