कीवर्डहरू -

नमस्ते पेमा अब कामना सेवा विकास बैंकबाट पैसा लोड गर्न सकिने

नमस्ते पेमा अब कामना सेवा विकास बैंकबाट पैसा लोड गर्न सकिने

डिजिटल वालेट नमस्ते पेमा अब कामना सेवा विकास बैंकबाट पैसा राख्न सकिने भएको छ । यसका लागि नमस्ते पे र बैंकबीच सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा नमस्ते पेका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद भण्डारी र कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले हस्ताक्षर गरेका हुन् ।

बैंकबाट नमस्ते पेमा रकम लोड गरी विभिन्न भुक्तानी गर्न सकिने छ । नमस्ते पे नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको सयुक्त लगानीमा स्थापना भएको छ ।

अनलाइन र अफलाइनमा नमस्ते पे प्रयोग गर्न सकिन्छ । प्ले स्टोरबाट नमस्ते डाउनलोड गरेर प्रयोग गर्न सकिन्छ भने *५००# डायल गरेर फिचर फोनमा पनि प्रयोग गर्न सकिन्छ ।