कीवर्डहरू -

‘बेबी शार्क’ बन्यो संसारकै धेरै हेरिने युट्युब भिडियो, कति पायो भ्युज ? (भिडिओ)

‘बेबी शार्क’ बन्यो संसारकै धेरै हेरिने युट्युब भिडियो, कति पायो भ्युज ? (भिडिओ)

युट्युबमा अहिलेसम्मकै सबैभन्दा बढी भ्यूज भएको भिडियो ‘बेबी शार्क’ बन्न सफल भएको छ । पिंकफोंग बेबी शार्क नामक युट्युब च्यानलद्वारा पोस्ट गरिएको ‘बेबी शार्क’ भिडियोले दश बिलियन भ्यू पाउन सफल भएको छ ।

यससँगै यो भिडियो युट्युबभरिमै सबैभन्दा बढि हेरिएको भिडियो बनेको छ । यस भन्दा पहिले लुई फोन्सीको 'डेस्पासिटो' भिडियो ७.७ बिलियन भ्यूसहित सबैभन्दा बढी हेरिएको भिडियो थियो ।

सन् २०१६ मा अपलोड गरिएको ‘बेबी शार्क’ भिडियो बालबालिका बिच असाध्यै मनपराइएको भिडियो हो । सन् २०१९ मा ‘बेबी शार्क’ च्यालेन्ज आएर पनि ‘बेबी शार्क’ भिडियोको रोचकता बढन पुगेको हो । ‘बेबी शार्क’ को एनएफटी कलेक्सन पनि रहेको छ ।