कीवर्डहरू -

ट्वीटरका १० रोचक फ्याक्ट्स

ट्वीटरका १० रोचक फ्याक्ट्स

माइक्रोब्लगिङ साइटका विश्वको एक लोकप्रिय सामाजिक सञ्जाल हो । यसमा प्रयोगकर्ताहरुले आफुलाई लागेको कुरा ट्विट गर्न र  म्यासेजबाट अन्तर्क्रिय गर्न सक्छन् ।

ट्विटरका यस्ता केही फ्याक्ट छन्, जुन तपाई मध्ये धेरैलाई थाहा छैन् होला । आज ट्विटरका १० रोचकको जानकारी तपाईलाई दिदैछौं ।

१. दैनिक रुपमा हरेक मिनेट ३ लाख ५० हजार ट्वीट गरिन्छ । यसको अर्थ हरेक दिन ५ अर्ब ट्वीट गर्ने गरिछ । फेसबुकमा प्रति मिनेट ३० लाख पोस्ट गर्ने गरिन्छ, जुन ट्वीटर भन्दा १० गुणा बढि हो ।

२. ट्वीटरको नाम फ्रेन्डस्टकर राख्ने योजना बनाइएको थियो । यो नाम ट्वीटरको सहसंस्थापक ईभान विलियम्सले राख्ने प्रस्ताव गरेका थिए । तर अर्काे संस्थापक नोहा ग्लासले टवीच जस्तै नाम खाज्दै गर्दा ट्वीटर पत्ता लगाएका हुन् ।

३. भ्याटिकन र क्याथोलिक चर्चका अनुसार तपाईले ट्वीटरमा पपलाई फलो गर्नुहुन्छ भने तपाई राम्रो मान्छे हुुनुहुन्छ भन्ने विश्वास रहेको छ । यसले तपाईको पाप नष्ट गर्ने र तपाईलाई राम्रो मान्छे बनाउने चर्चको मान्यता रहेको छ ।

४. सन् २००७ मा ट्वीटरमा पहिलो ह्यासट्यागको प्रयोग गरिएको थियो । क्रिस मेसिनाले डिजिटल संसारमा पहिलो पटक ह्यासट्यागको प्रयोग गरेका थिए । यो आईडिया धेरैलाई मनपरेर ह्यासट्याग चाँडैनै चर्चित बन्न पुगेको थियो ।

५. ट्वीटरको निलो चराको नाम ल्यारी रहेको छ । यो कुराको जानकारी सन् २०१२ मा ट्वीटरको म्यानेजर रायन सेभरले दिएका थिए ।

६. ट्वीटरमा सबैभन्दा बढी फलोअर नोभेम्बर २०२१ मा अमेरिकाका भूतपूर्व राष्ट्रपति बाराक ओबामाको रहेका छन् । दोस्रोमा पप गायक जस्टिन बिबर र तेस्रो स्थानमा क्याटी पेरी रहेका छन् ।

७. ट्वीटरमा सबैभन्दा पहिलो ट्वीट सन् २००६, मार्च २१ मा गरिएको थियो । ट्वीटरका सहसंस्थापक ज्याक डोर्सेले पहिलो ट्वीट गरेका थिए ।

८. ट्वीटरको सुरुवाती अवस्थामा धेरै ट्राफिकले गर्दा वेबपेज क्रयास भएर एउटा ह्वेल माछाको तस्बीर आउने गर्दथ्यो । त्यसलाई फेल ह्वेल भनिन्छ ।

९. सबैभन्दा बढी रिट्वीट गरिएको ट्वी जापानी अर्बपति युसाकुमेजावाको रहेको छ । उनले सय जनालाई पैसा दिने भनेका थिए, जस कारण उनको ट्वीट सबैभन्दा बढी रिट्वीट गरिएको बन्यो । उनले १०० मिलियन येन १०० जना रिट्वीट गर्ने मान्छेमा बाँडने भनेर ट्वीट गरेका थिए ।

१०. ट्वीटरको सबैभन्दा बढी फलोअर अमेरिकामा रहेका छन् । दोस्रो स्थानमा जापान र तेस्रोमा भारत रहेको छ । अमेरिकामा ट्वीटरको ३७ मिलियन प्रयोगकर्ता रहेका छन् ।