कीवर्डहरू -

म्यागसेफ चार्जिङ र नयाँ चिप सहित आईप्याड प्रो सार्वजनिक हुँदै

म्यागसेफ चार्जिङ र नयाँ चिप सहित आईप्याड प्रो सार्वजनिक हुँदै

आगामी सार्वजनिक हुने आईप्याड प्रोमा म्यागसेफ चार्जिङ र नयाँ चिप हुने भएको छ । आईप्याड प्रोमा वायरलेस चार्जिङ हुनेछ ।

यो आइफोन भन्दा छिटै चार्ज हुनेछ र यसमा चार्जिङका लागि एउटा ठूलो ग्लास प्रयोग गरिएको हुनेछ, जसमा चुम्बक राखिएर चार्जका लागि अड्याउन मिल्छ ।

यसमा आईफोन १३ कै जस्तो क्यामेरा र ठूलो ब्याट्री रहनेछ । आईप्याड प्रोमा एम टू प्रयोग गरिने अनुमान लगाइएको छ । यसलाई एप्पलले सिलिकन चिप पनि भन्ने गर्दछ ।

यसमा एआई, सिपियू, जिपियू प्रोसेसर एकीकृत गरिएको हुन्छ । यसमा ८ कोर सीपीयू हुने गर्दछ जसले अरु जेनेरेसनको डिभाइस भन्दा ३.५ गुणा राम्रो काम गर्ने गर्दछ ।