कीवर्डहरू -

सफारीमा प्राइभेसी फल्ट, ब्राउजर इतिहास र गूगल अकाउन्टको विवरण बाहिरिन सक्ने

सफारीमा प्राइभेसी फल्ट, ब्राउजर इतिहास र गूगल अकाउन्टको विवरण बाहिरिन सक्ने

सफारीमा समस्या आएका कारण ब्राउजर इतिहास र गूगल अकाउन्टको विवरण बाहिरिन सक्ने भेटिएको छ । नाइन टू फाइभ म्याकका अनुसार फिगंरप्रिन्ट जेएसले सार्वजनिक गरेको ब्लगमा सफारीमा ब्राउजर गोपनीयतामा समस्याका कारणले आक्रमणकर्ताहरुले प्रयोगकर्ताको पछिल्लो ब्राउजर हिस्ट्री र गूगल अकाउन्टका केही विवरण चोर्न सक्ने फेला परेको छ ।

यस समस्याले तपाईले हेरेको कन्टेन्ट भन्दा कुन डेटाबेसमा जानुभएको थियो भनेर मात्रत्रै सार्वजनिक गर्ने गर्दछ । तर यतिमा पनि ह्याकरहरुले तपाईको गूगल यूजरनेम, प्रोफाइल पिक्चर र तपाईको बारेमा थप जानकारी पत्ता लगाउन सक्नेछन् ।

त्यस्तै हिस्ट्री हेरेर तपाईलाई कस्तो साईट मनपर्छ भनेर पत्ता लगाउन सकिन्छ । फिंगरप्रिन्ट जेएसले यसको बारेमा नोभेम्बर २८ मै एप्पललाई रिपोर्ट गरेको थियो तर एप्पलले यसको बारेमा केही पनि बताएको छैन् ।