कीवर्डहरू -

उद्यमशीलता टक सिरिजको दोस्रो भाग सम्पन्न 

उद्यमशीलता टक सिरिजको दोस्रो भाग सम्पन्न 

हल्ट प्राइज आईओईले आयोजना गरेको ‘उद्यमशीलता टक शृङ्खलाः फर्मिङ्ग अ ड्रिम टिम’ सम्पन्न भएको छ । करिब ११० जनाको सहभागी भएको आन्ट्रप्रेनर्स टक सिरिजको दोस्रो भाग सम्पन्न भएको हो ।

कार्यकममा अतिथिको रूपमा दुई फोर्ब्स ३० मुनि ३० सूचीमा परेका किरण तिम्सिना र शुभाङ्गी राणाको उपस्थिति रहेको थियो भने राष्ट्रिय पुरस्कार विजेता श्रीक्षितिजराज लोहनीको पनि उपस्थिति रहेको थियो ।

कोरोना महामारीलाई मध्यनजर गर्दै कार्यक्रम भर्चुअल रुपमा जुमबाट सञ्चालन गरिएको थियो । कार्यक्रममा युजी बजारका सह-संस्थापक किरण तिम्सिनाले आफ्नो अनुभव शेयर गरेका थिए । त्यस्तै सहभागिबाट सोधिएका प्रश्नको जवाफ समेत दिएका थिए ।

त्यसैगरी कार्यक्रममा प्याड टु गो की संस्थापक शुभांगी राणाले टिम बन्डिङको महत्व, विविधता र टिममा साझा उद्देश्य हुनुपर्ने बताएकी थिइन् ।

टिममा सकेसम्म विविध दृष्टिकोण र रचनात्मक आलोचना स्विकार गर्न र व्यक्त गर्न सक्नेलाई समेट्न आवश्यक रहेको उनको भनाइ थियो ।

साथै नेपाल सरकारबाट राष्ट्रिय युवा पुरस्कार विजेता क्षितिजराज लोहनीले कम्युनिकेसन र स्पस्ट वक्ताको महत्व तथा राम्रो टिम निर्माण गर्नुपर्ने बताएका थिए ।

टिममा एउटै समर्पण, सबैको स्वामित्व र परिस्थिति अनुरुप सकेसम्म कानुनी सम्झौतामा अघि बढ्नुपर्ने वक्ताहरूको सल्लाह थियो ।