कीवर्डहरू -

आईफोनमा यसरी चलाउनुहोस् ह्वाट्सएपका दुई अकाउन्ट

आईफोनमा यसरी चलाउनुहोस् ह्वाट्सएपका दुई अकाउन्ट

महामारीले हामीलाई प्रविधिमा एकदमै निर्भर बनाएको छ । एक अर्कासँग सम्पर्क राख्न हामी प्रविधिकै प्रयोग गर्ने गर्दछौँ ।

मानिसहरुले एक अर्कासँग कुरा गर्न ह्वाट्सएपको पनि धेरै प्रयोग गर्ने गरेका छन् । नेपालमा पनि उल्लेख्य रूपमा ह्वाट्सएपको प्रयोग हुने गरेको छ । आज हामी आईफोनमा ह्वाट्सएपको दुई ओटा अकाउन्ट कसरी चलाउने भन्ने बारे जानकारी दिदैछौं ।

सर्वप्रथम आफ्नो आइफोनको एपस्टोर खोल्नुहोस् । त्यसपछि ह्वाट्सएप बिजनेश खोजेर गेट आइकनमा क्लिक गर्नुहोस् र एपलाई आफ्नो आईफेनमा इन्स्टल गर्नुहोस् ।

एप इन्स्टल भएपछि एग्रि एण्ड कन्टिन्यू बटनमा थिच्नुपर्ने हु्नछ । यति गरेपछि नयाँ विन्डोमा दुई ओटा अप्सन देख्नुहुनेछ ।

पहिलो अप्सनले तपाईले अहिले भईरहेको अकाउन्टकोे प्रयोगले ह्वाट्सएप बिजनेश अकाउन्ट चलाउन सक्नुहुनेछ र अर्काे अप्सनले नयाँ नम्बरले अकाउन्ट बनाउन सकिनेछ ।

दुईटा अकाउन्ट प्रयोग गर्नका लागि अर्कै नम्बर हाल्नुहोस् । त्यसपछि आफ्नो फोनमा आएको ओटीपी हालेर नम्बरलाई भेरिफाई गर्नुपर्ने हुन्छ । अब आफ्नो नाम हालेर नट अ बिजनेश सेलेक्ट गर्नुपर्ने हुन्छ । गति गरेपछि अब डन थिच्नुहोस् ।