कीवर्डहरू -

दराजबाट भिभो भी२३ ई प्रिबुकिङ गर्न सकिने, यस्तो छ मूल्य र फिचर

दराजबाट भिभो भी२३ ई प्रिबुकिङ गर्न सकिने, यस्तो छ मूल्य र फिचर

भिभोले नेपाली बजारमा ५० मेगापिक्सेल अटो फोकस पोर्ट्रेट सेल्फी फ्रन्ट क्यामरायुक्त भी२३ई सार्वजिनक गरेको छ  ।

भी२३ई ले सुधारिएको अटोफोकस तथा रमाइलो पोर्ट्रेट फिचरका माध्यमबाट सेल्फीहरुमा स्पष्टता र स्थिरता प्रदान गर्दछ भने एआई एक्स्ट्रिम नाइट पोर्ट्रेट मोडले रातको समयमा सेल्फी लिँदा पनि फोटो अँध्यारो नआउने कम्पनीले जनाएको छ ।

डबल एक्सपोजर मोड, अपग्रेड गरिएको डुअल-भ्यू भिडियो तथा स्टेडिफेस सेल्फी भिडियो फिचरका कारण यसको फोटो/भिडियो खिच्ने शूटिङ एक्सपेरियन्समा पनि निकै सुधार ल्याइएको छ।

‘भिभोमा हामी सधैं हाम्रा उपभोक्ताको आवश्यकता पूरा गर्नेमा केन्द्रित हुन्छौं, र हाल सुपथ मूल्यमा शानदार सेल्फीको अनुभव प्रदान गर्ने ह्याण्डसेटको माग निकै बढेको छ’, भिभो नेपालका मुख्य कार्यकारी अधिकृत मिशेलले भने, ‘रमाइलो गर्न र आफ्ना सेल्फ पोर्ट्रेटमा सिर्जनशीलता थप्न चाहनेहरुका लागि उद्योगकै अग्रणी फ्रन्ट क्यामरा तथा इनोभेशनले भरिपूर्ण फिचरहरुयुक्त भी२३ई को डिजाइन गरिएको हो।’

जम्मा ७.३६ मिलिमिटर मोटाइ भएको नयाँ भी२३ई निकै पातलो र हलुका रहेको छ। यसमा अत्याधुनिक उत्पादन प्रक्रियाबाट निर्मित नयाँ डिजाइन तथा २.५ डी को पातलो फ्रेम राखिएको छ।

भी२३ई मूनलाइट श्याडो एडिशनमा नानोस्केल प्रोसेसेङ सिर्जना गर्ने नवीन सेरामिक फिल्म कोटिङ रहेको दावी गरिएको छ जसले अझ गहन भव्यता र कलासिक छनक प्रस्तुत गर्दछ।

भिभोको व्यक्तिगत यूजरको आवश्यकतालाई मध्यनजर गर्दै निरन्तर रुपमा अपरेटिङ सिस्टम अपग्रेड गर्ने प्रयासस्वरुप नयाँ भी२३ई फनटनचओएस १२ मा चल्दछ। भी२३ईले एक्स्टेन्डेड र्याम २.० को सहायताले ४ जीबी भर्चुअल र्‍याम थप गर्न सकिन्छ ।

जसकारण आवश्यकता परेको बेला ४ जीबी आन्तरिक मेमोरीलाई र्यामका रुपमा प्रयोग गर्न सकिन्छ । यसबाट प्रयोगकर्ताले जुनसुकै बेला जहाँसुकै बिना रोकतोक मोबाइल चलाएको अनुभव लिन सक्दछन् ।

यसअघिका जेनेरेशनका उत्पादनहरुसँग दाँज्दा ४४ वाट फास्टचार्जको अधिकतम चार्जिङ पावर ३३ प्रतिशतले बढेको छ, जसले १५ मिनेटमा १ बाट ४० प्रतिशत पुर्याउने र दिनभरी प्रयोग गर्दा पनि लामो समयसम्म ब्याट्री टिक्ने सुनिश्चितता थपिएको छ।

नयाँ भी२३ई मा रहेको शक्तिशाली ६४ मेगापिक्सेल नाइट क्यामराले उपभोक्तालाई सम्भव भएसम्म उत्कृष्ट फोटोग्राफीको अनुभव प्रदान गर्ने भिभोको भनाइ छ ।

८ मेगापिक्सेलको सुपर वाइड एङ्गल तथा २ मेगापिक्सेलको म्याक्रो क्यामरा पनि यसमा राखिएको छ । यो फोन २४ जनवरीसम्म प्रि-बूकिङका लागि उपलब्ध छ भने २५ जनवरीदेखि बिक्रीका लागि उपलब्ध हुनेछ।

यसको ८ जीबी र्याम र १२८ जीबी आन्तरिक मेमोरी भेरियन्टको ४४, ९९९ रुपैयाँ तथा ८ जीबी र्याम र २५६ जीबी आन्तरिक मेमोरी भेरियन्टको मूल्य ४९, ९९९ रुपैयाँ तोकिएको छ ।