कीवर्डहरू -

नागरिकको जासुसी गर्न पेगासस सफ्टवेयर प्रयोग गर्दै इजरायली प्रहरी

नागरिकको जासुसी गर्न पेगासस सफ्टवेयर प्रयोग गर्दै इजरायली प्रहरी

इजरायलको पुलिसले नागरिकहरुको जासुसी गर्नका निम्ति पेगासस सफ्टवेयर प्रयोग गर्ने गरेको एक स्थानीय मिडियाले आरोप लगाएको छ । स्थानीय व्यवसायिक समाचार मिडिया कलक्यालिस्टका अनुसार राजनितिज्ञ, पार्टीका सदस्य, सरकारी कर्मचारीहरुलाई अनुमति बिना इजरायलको पुलिसले बग र ट्रयाक गरेका छन् ।

पेगासस सफ्टवेयर आइफोन र एन्ड्रोइड डिभाइस मार्फत काम गर्ने गर्दछ ।  सकंलन गरेको डेटालाई कसरी प्रयोग गरियो भन्ने बारे केही पनि जानकारी छैन् ।

पेगासस एक उच्च परिष्कृत निगरानी सफ्टवेयर हो जसले कुनै पनि व्यक्तिको फोन ह्याक गरेर उसको गतिविधिमाथि निगरानी राख्न सकिन्छ । पेगासस सफ्टवेयर एनएसओ ग्रुप नामक इजरायली टेक कम्पनीले बनाएको स्पाईवेयर हो ।

पेगासस सफ्टवेयर इन्स्टल भएपछि त्यसले फोनमा रहेको सबै जानकारीको पहुँच पाउन सक्छ । यसले म्यासेज, कल, एप एक्टिभिटी, प्रयोगकर्ताको ठेगाना, भिडियो क्यामेरा र माइक्रोफोनको पहुँच पाउन सक्छ । यसलाई अन्वेषकहरुले मोड्युलस म्यालवेयर पनि भन्ने गर्दछन् । इजरायली प्रहरीले सन् २०१३ देखि पेगासस सफ्टवेयर प्रयोग गर्दै आएका छन् ।