कीवर्डहरू -

फ्रेण्ड रिकमेन्डेशन फिचर सिमित गर्दै स्न्यापच्याट

फ्रेण्ड रिकमेन्डेशन फिचर सिमित गर्दै स्न्यापच्याट

स्न्यापच्याटले युवाहरुको अकाउन्टका लागि साथीको सुझाव दिने फिचरलाई सिमित गर्ने भएको छ । फ्रेण्ड रिकमेन्डेशन फिचरलाई नियन्त्रित गरेर युवाहरुका लाागि कम्पनीले एपलाई अझै सुरक्षित बनाउने प्रयास गरिरहेको हो ।

अपरिचित व्यक्तिहरुबाट गरिने अनैतिक पहुँचबाट बचाउनका निम्ति एपले यस्तो पहल गरेको हो । स्नापचयाटले अब क्वीक आडमा पनि १३ देखि १७ वर्षको प्रयोगकर्ताहरुको अकाउन्ट नदेखाउने भएको छ ।

त्यस्तो अकाउन्ट देखाउनका लागि दुवै अकाउन्टले म्युचुअल दुई तीन ओटा अकाउन्टलाई फलो गरेको हुनुपर्छ । यस्तो अपडेटहरुका कारणले अपरिचित व्यक्तिहरुलाई किशोरावस्थाको प्रयोगकर्ताहरुको अकाउन्ट खोज्नलाई गाह्रो हुनेछ ।