कीवर्डहरू -

र्यान्समवेयर आक्रमण गर्ने समूह रेभिल बन्द

र्यान्समवेयर आक्रमण गर्ने समूह रेभिल बन्द

रुसले रेभिल र्यान्समवेयर समूहलाई बन्द गर्न सफल भएको छ । सन् २०२१ मा धेरैजसो आक्रमण रेभिल र्यान्समवेयर ग्रुपलेनै गरेको पाइएको थियो । रुसको डोमेस्टिक इन्टेलिजेन्स सर्भिसले यस ग्रुपमा १४ जनालाई गिरफ्तार गरेको छ ।

१४ जनाबाट रुसी डोमेस्टिक इन्टेलिजेन्स सर्भिसले ६ लाख डलर पकडिएको छ । त्यस्तै त्यहाँबाट कम्प्यूटर सामाग्री, २० ओटा लक्जरी कार र अरु सम्पत्ति फेला परेको छ ।

अमेरिकाको अनुरोधमा यो गिरफ्तार गरिएको हो । सफ्टवेयर कम्पनी कासेया माथिको आक्रमण, कोलोनियल पाइपलाइन र मासु सप्लायर जेबिएस माथि आक्रमण जस्ता ठूल्ठूला आक्रमणमा रेभिलको सलंग्नता रहेको अनुमान गरिन्छ । यो र्यान्समवेयर समूहले जेलमा सात वर्षसम्म बिताउनुपर्ने देखिएको छ ।